२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु

२३ वर्षपछि झर्यो पहिरो

२३ वर्षपछि झर्यो पहिरो
फाईल फोटो
अ अ+ अ-

लुम्बिनी । रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ स्थित ज्योतिनगरमा २३ वर्षपछि चुरे पहाडको पहिरो झरेर सिङ्गो बस्ती नै प्रभावित पारेको छ । दुई दिनदेखि परेको लगातारको वर्षाका कारण आइतबार बिहानदेखि बस्तीमाथि रहेको चुरे पहाडबाट खसेको पहिराले त्यस क्षेत्रका तीन दर्जनभन्दा बढी घरमा क्षति भएको छ । 

आज बिहानैदेखि परेको वर्षाका कारण थप सात घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पहिराले स्थानीय तुलसा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, ईश्वरा पाण्डे, रोशन राणा, अम्मर विक र सीता थकालीको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । चुरे पहाडबाट झरेको लेदोसहितको पहिरो त्यस क्षेत्रका अन्य धेरै घरमा पसेर क्षति पु¥याएको प्रहरीले जनाएको छ । 

सो क्षेत्रको पहिराले बुटवलका मुख्य सडकमा र बजार क्षेत्रसम्म बगेको छ । लेदो माटोसहितको पहिरो बजार क्षेत्रमा बगाएर ल्याएकाले लक्ष्मीनगर, गोलपार्क क्षेत्रमा आवागमनमा समस्या भएको छ भने बिजुलीका पोलमा क्षति पुर्याएको छ । 

पहिराबाट मानवीय क्षति भने नभएको र मानवीय क्षति हुन नदिन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले स्थानीयलाई नजिकै रहेको बुटवल बहुमुखी क्याम्पसमा सारेर अस्थायी रूपमा बस्ने व्यवस्था मिलाएको र जनधनको क्षतिबाट जोगिन आफन्तका घरमा आश्रय लिएका छन् । उहाँले बुटवल उपमहानगरपालिका हुँदै बग्ने तिनाउ र दानव नदीले नगरका वार्ड नं ११ का बुद्धनगर, वार्ड नं १६ को बैठौलिया, १५ को विभिन्न क्षेत्रमा नदी कटान, सडक, पुलमा क्षति पुर्याएको बताउनुभयो । 

सो क्षेत्रमा विसं २०५५ भदौ २० गते चुरे पहाडको पहिरो खसेर ५७ घरमा क्षति पु¥याएको थियो । उक्त पहिराले त्यस क्षेत्रको बस्ती नै विस्थापित भएको थियो । विस्तारै पहिरो खस्नेक्रम रोकिँदा स्थानीय बासिन्दाले घर बनाएर बस्न थालेपछि बस्ती पुनः स्थापित भएको हो । 

यस्तै बुटवल उपमहानगरपालिका–२ पूर्वपश्चिम राजमार्ग क्षेत्रको जितगढी, पाखापानीमा राजमार्गमाथिको चुरे पहाडबाट खसेको पहिराले राजमार्ग क्षेत्रमा क्षति पु¥याएको छ । सो क्षेत्रमा गत महिनादेखि लगातार पहिरो झर्ने क्रम नरोकिएको र पहिराका कारण सडक छेउका बस्ती निकै जोखिमपूर्ण रहेका छ ।