२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

विश्वभर ४५ लाखभन्दा बढी कोभिड सङ्क्रमितको मृत्यु भएको पुष्टि

विश्वभर ४५ लाखभन्दा बढी कोभिड सङ्क्रमितको मृत्यु भएको पुष्टि
अ अ+ अ-

काठमाडौं । विश्वमा कोभिड–१९ को महामारीका कारण कम्तीमा ४५ लाख मानिसले ज्यान गुमाएका एएफपीलाई प्राप्त स्रोतहरूबाट पुष्टि भएको छ । 

विश्वभरबाट सङ्कलन गरेको सम्बन्धित मुलुकको आधिकारिक तथ्याङ्क अनुसार सोमबारसम्ममा कूल ४५ लाख ५० हजार ६२० कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । 

कोभिडका कारण जुलाईको सुरुमा सबैभन्दा धेरै दैनिक सात हजार ८०० कोभिड सङ्क्रमितको मृत्यु भएको थियो ।

गत हप्ता प्रति दिन औसत एक हजार २९० जनाको मृत्यु भएको र संयुक्त राज्य अमेरिका पुनः एक पटक विश्वकै सबैभन्दा बढी मृत्यु हुने मुलुकका रूपमा देखिएको छ । यस बर्षको जनवरीमा अमेरिकामा प्रति दिन औसत तीन हजार ३८० जनाको मृत्यु दर्ता गरिएको थियो भने यो सङ्ख्या ग्रीष्मऋतुको सुरुसम्ममा घटेर २०० मा झरेको थियो । 

विश्वले पुनः डेल्टा भेरिएन्टको लहरको सामना गरिरहेका कारण कोभिडजन्य मृतकहरूको सङ्ख्यामा वृद्धि हुन थालेको हो । अति सङ्क्रामक क्षमता रहेको ‘डेल्टा भेरियन्ट’ जुन अप्रिलमा भारतमा पहिचान भएदेखि विश्वभरका अधिकांश देशहरूमा फैलिएको छ ।

यस महामारीले सन् २०२० को तुलनामा सन् २०२१ मा बढी मृत्युको दाबी गरिसकेको छ । गत वर्ष समग्रमा १९ लाखभन्दा कमको महामारीका कारण मृत्यु भएको थियो । गत बर्षको तुलनामा जनवरी देखि अहिलेसम्म आधिकारिक रूपमा दर्ता गरिएका सङ्क्रमित मृतकहरूको सङ्ख्या २६ लाखभन्दा बढी भएको बताइएको छ । 

विश्वभर खोपको उपलब्धता हुने र यसले भाइरस फैलिनबाट निकै हदसम्म रोक्ने अनुमानबीच भाइरसका नयाँ नयाँ रूपले गर्दा यसो हुन सकेको छैन । धनी र गरिब राष्ट्रहरूबीच खोपको उपलब्धतामा ठूलो असमानता रहेको गुनासाहरू पनि आएका छन् । 

अहिलेसम्म खोप लगाएको स्थितिलाई विश्लेषण गर्दा अफ्रिकामा प्रति १०० जना, युरोपमा ९९ र संयुक्त राज्य अमेरिकामा १११ जनामा सात जनाले कोभिड–१९ विरुद्धको एउटा खोप लिएका छन् । 

डेल्टाको विविधता विरुद्ध यी खोपहरू कम प्रभावकारी हुने भनाइहरू आएपनि विश्वभर खोप अभियानलाई महत्वका साथ अघि बढाइएको छ । 

अमेरिकी स्वास्थ्य अधिकारीहरूले गत हप्ता प्रकाशित गरेको एक अध्ययन अनुसार, संक्रमण विरुद्ध फाइजर÷बायोएनटेक र मोडर्ना खोपको प्रभावकारितासँगै संयुक्त राज्य अमेरिकामा सङ्क्रमण दर ९१ देखि ६६ प्रतिशतमा झरेको छ । तथापि कोभिडबाट हुने गम्भीर प्रकारका क्षतिहरू रोक्न यी खोपहरू प्रभावकारी मानिएका छन् ।