८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सामुदायिक वनका क्रियाकलापले नेपालको वन जङ्गल क्षेत्रमा उल्लेख्य बृद्धि: मन्त्री यादव

सामुदायिक वनका क्रियाकलापले नेपालको वन जङ्गल क्षेत्रमा उल्लेख्य बृद्धि: मन्त्री यादव
file
अ अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सामुदायिक वनले थालेका क्रियाकलापले नेपालको वन जङ्गल क्षेत्रमा उल्लेख्य बृद्धि हुनुका साथै वन विकासमा ठूलो योगदान पुगेको बताउनु भएको छ । सामुदायिक वन दिवस २०७९ का अवसरमा आज आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले वन कर्मचारी, विभिन्न सामुदायिक वन तथा समुदायमा आधारित साझेदारी वन, कबुलियती वन, निजी वनहरुले गरेका राम्रा कामका कारण अहिले वन तथा वातावरण मन्त्रालय गालीको ठाउँमा ताली खाने मन्त्रालय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वन कर्मचारी तथा विभिन्न सामुदायिक वनहरुले वनको जग्गा जमिन संरक्षण गर्नुका साथै, वन जङ्गल जोगाउन ठूलो योगदान दिनु भएको छ, जसको कारण हामीले अहिले देशमा हरियाली जोगिएको छ भने हामीले वन जोगाउन सफल भएवापत ताली खाने सम्म भएका छौँ, म तपाईहरुलाई धन्यवाद दिन चाहन्छु ।”

यसैगरी मन्त्री यादवले केही सड्यन्त्रकारीहरुले पछिल्लो समय वनको जग्गा सुकम्बासीका नाममा कब्जा गर्ने, अतिक्रमण गर्ने, वन जङ्गल मास्ने, फडानी गर्ने कार्य गरीरहेकले त्यसरी कब्जा गरिएका जग्गा खाली गराएरै छोड्ने जिकिर गर्नुभयो । सरकारी जमिन संरक्षण गर्नमा योगदान दिने राष्ट्रसेवक कर्मचारी, सामुदायिक वनका पदाधिकारी सहितका नागरिकलाई आफुले यसरी नै सम्मान गर्ने तथा प्रोत्साहन गर्ने एवं विदेश भ्रमणका लागि सिफारीस गर्ने योजना बनाएकोले वन संरक्षणमा आफुलाई कर्मचारीहरुको साथ र सहयोग आवश्यक रहेको मन्त्री यादवले जानकारी गराउनुभयो ।

मिचिएका तथा अतिक्रमण गरिएका सरकारी जमिन निकट भविष्यमै खाली गराउने तथा फिर्ता ल्याउने अभियानमा आफु निस्किने तयारीमा रहेको समेत मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “फोहर राजनितिक खेलका कारण हाम्रा वनका कर्मचारीहरुले दुःख पाएका छन्, म कर्माचारीलाई दुःख दिँदैन, राम्रा काम गर्ने र वन संरक्षणमा लाग्नेलाई सम्मान गर्ने छु ।”

नेपालको वन जङ्गल क्षेत्रको विकास तथा संरक्षणमा वन कर्मचारी सामुदायिक वनका पदाधिकारीको ठूलो योगदान रहेकाले सामुदायिक वन तथा वन कर्मचारीले थालेका राम्रा कामको पक्षमा आफु सधै सकारात्मक रहने मन्त्री यादवले उक्त कार्यक्रममा जानकारी गराउनुभयो । एक छुट्टै प्रशंगमा बोल्नु हुँदै मन्त्री यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाईसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रुख कटानका लागि वन मन्त्रालयबाट अनुमति दिईने बताउनु भएको छ । आफु व्यक्तिगत रुपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पक्षधर भएकाले मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रुख पनि काट्न नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विमानस्थल निर्माणका नाममा वन विनास गर्न दिईने छैन, सम्माननीय अदालतलाई म धन्यवाद दिन चाहन्छु, रुख कटान गर्ने, विभिन्न नाटक गरेर पैसा खाइदिने तर विमानस्थल निर्माणका लागि बजेट सुनिश्चितता नहुने । यस्तो सड्यन्त्र हुन दिन्न ।”

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि मन्त्रालय सधै सकारात्मक रहेकाले सबै भन्दा पहिले मुआब्जा पाइसकेको वनको कब्जा गरिएको करिब ५०० हेक्टर जमिन खाली हुनु पर्ने तथा विमानस्थल निर्माणका लागि बजेटको सुनिश्चितता हुनु पर्ने मन्त्रालयको माग रहेको मन्त्री यादवले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “मुआब्जा पाईसकेको जमिन खाली गरियोस, विमानस्थल निर्माणका लागि आवश्यक पर्ने रुख कटान गर्न मन्त्रालय अनुमति दिन तयार छ ।” यसैगरी मन्त्री यादवले वन माफियालाई तह लगाउनका लागि आफु जस्तो सुकै कदम चाल्न पनि पछि नहट्ने बताउनुभयो ।