२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु

सरकारले बेपत्ता पारिएका व्यक्तिहरुलाई खोजि गर्छ : कानूनमन्त्री कार्की

सरकारले बेपत्ता पारिएका व्यक्तिहरुलाई खोजि गर्छ : कानूनमन्त्री कार्की
अ अ+ अ-

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेपत्ता पारिएका व्यक्तिहरुलाई खोजि गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । 

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले बेपत्ता पारिएका व्यक्तिहरुलाई सरकारले खोजि तथा अनुसन्धान गर्न तयार रहेको बताउनुभएको हो । उहाँले पीडितहरुलाई न्याय दिने कामलाई सम्बन्धित सरकोरवालाहरुसँग छलफल गरी टुंगोमा पुर्याउने आश्वासन पनि दिनु भयो ।

उहाँले भन्नुभयो, ‘तपाईहरुले अभिव्यक्त गर्नुभएका विचारहरु र तपाईहरुका भावनाहरु र यो जुन समस्या छ, यो समस्यालाई चाँडो भन्दा चाँडो समाधान गरेर अगाडि बढ्ने अठोट गर्दछु, यसका लागि सबे सरकोरवालाहरु सँग छलफल गरी टुंगोमा पुर्याउन यो सरकार तयार छ, म कानूनमन्त्रीको हैसियतले यसमा योगदान गर्नका निमित्त तयार छु । सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता हुनुभएका व्यक्ति, व्यक्तिका परिवारजन तथा आफन्तहरुले न्याय प्राप्तिका लागि गर्नुभएको धैयर्ता प्रति आभार प्रकट गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन नेपाल सरकार प्रतिवद्ध रहेको विश्वस दिलाउँछु ।’

कार्यक्रममा कानून बनाएर नपुग्ने भन्दै महान्यायाधिवक्ता खम्बबहादुर खातीले कानूनको परिपालना गरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले यो कुनै मुद्दा वा पार्टीको राजनीतिक विषय वस्तु नभएको बताउँदै शान्तिको लागि सम्झौता भएकोले बेपत्ता र बेपत्ता पारिएकाहरुको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो । यो पीडितको रोदनको कुरा भएकोले पीडितको माग सम्बोधन हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज परिवर्तनको लागि लडेका व्यक्तिहरुको, बेपत्ता पारिएका व्यक्तिहरुलाई न्याय दिनुपर्ने अवस्था छ, राज्यले कम्तिमा पनि बेपत्ता तथा बेपत्ता पारिएका परिवारप्रति एउटा अभिभावकत्व जिम्मेवारी लिनुपर्छ जस्तो मलाई लाग्छ ।’

महान्याधिवक्ता खातीले मानिसको जीवन नै सबैभन्दा मूल्यवान हुने भन्दै मानिस हराउने र हराउन बाध्य पार्ने कारण कसैबाट नहोस् भन्ने कुरा नै बेपत्ता पारिएको पीडितहरुको अन्तर्राष्ट्रिय दिवस २०७८ को मुल कुरा भएको बताउनुभयो ।