८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द

जापानमा प्रचण्डको अभिव्यक्तिले नेपाल र नेपालीको शीर निहुर्‍यायो: खिमलाल भट्टराई

जापानमा प्रचण्डको अभिव्यक्तिले नेपाल र नेपालीको शीर निहुर्‍यायो: खिमलाल भट्टराई
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराईले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिले नेपाल राष्ट्र र नेपाली जनताको शीर निहुरिएको टिप्पणी गर्नु भएको छ ।

नेपालमा एक पटक पनि नआउनु भएका तत्कालीन प्रधानमन्त्री सिन्जु आबे नेपालमा आएको बेला दुई, तीन पटक दुई मुलुकको हितको विषयमा कुरा भएको भनेर अध्यक्ष दाहालले जापानमा अभिव्यक्ति दिएको भन्दै नेता भट्टराईले त्यसले सिंगो मुलुकको शीर निहुँर्याएको बताउनु भएको हो । बुधबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता भट्टराईले पूर्वप्रधानमन्त्री र सत्तारुढ दलको जिम्मेवार नेता दाहालले नेपाल भ्रमणमै नआउनू भएका आबेबारे अति हल्का टिप्पणी गरेको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले भारत भ्रमणको बेला पनि दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटन नसकेकोमा पनि असन्तुष्टि व्यक्त गर्नु भयो । नेता भट्टराईले भन्नु भयो, ‘गठबन्धन भित्रका एक जना सिनियर नेता उहाँ भारतको भ्रमण गर्नु भयो । उहाँले जापानको भ्रमण गर्नु भएको छ । तर कसरी भ्रमण गर्दै हुनुहुन्छ ? उहाँ के बोल्दै हुनुहुन्छ ? र, यसकाले हाम्रो देशको उचाईलाई, हाम्रो देशको राजनीतिलाई, परिवर्तनलाई कस्तो एउटा प्रभाव पारिराखेको छ ? पुष्पकमल दाहाल प्रचण्ड केही समय अगाडि भारत भ्रमण गर्नु भयो । एउटा सिनियर नेताले विदेश भ्रमण गर्दाखेरी देशको उचाई भन्नुपर्ने हो । जनताको उचाई माथि हुनुपर्ने हो । तर भारत भ्रमण गर्नु भयो । कुन, कुन बैठक गर्नु भयो । के गर्नु भयो ।

एकछिनलाई त्यो छोडिदिऊ । उहाँको तयारीको विषयलाई मात्रै हेर्ने हो भने यहाँ सिनियर नेताहरुले सामाजिक सञ्जालमा लेख्नु भयो भारतीय प्रधानमन्त्रीसँग भेटेर राष्ट्रियताको बारेमा कुरा हुन्छ । कालपानीको बारेमा, लिम्पियाधुराको बारेमा, लिपुलेकको बारेमा कुरा हुन्छ । एकदम देशको स्वार्थको, देशको हितको कुरा हुन्छ भनियो, लेखियो । तर पछि भेटघाटै भएन । त्यत्रो सिनियर नेता पूर्वप्रधानमन्त्री यत्तिकै लुत्रुक्क फर्केको देखियो । यसले हाम्रो देशको यो परिवर्तनलाई देशको राजनीतिलाई कस्तो बनाउँछ ? के हो यो ? अनि जापान भ्रमण जानु भयो । जापान भ्रमणमा जाँदाखेरी उहाँले शानका साथ भन्नु भयो–पूर्व प्रधानमन्त्री जसले अस्ति भर्खरै हत्या गरिएकको छ ।

सिन्जु आबे नेपाल आएको बेलामा दुईदुई पटक उहाँसँग कुरा भएको छ नेपालका आपसी हितको बारेमा दुई तीन पटक कुरा भएको छ विकास निर्माणको बारेमा । गौरवको साथ उहाँले भन्नु भयो । जबकि सिन्जु आबे नेपाल आउनु भएकै थिएन । यस्तो खालको यो हल्का प्रस्तुतीले, हल्का टिप्पणीले के हुन्छ यो ? एउटा सिनियर नेता, देशको जिम्मा लिएको भनौं यत्रो सत्ता गठबन्धन छ हामी चलाएको छौ भनिएको छ । तर, यस्तो हल्का प्रस्तुति, यस्तो हल्का टिप्पणी, यस्तो हल्का तयारी यो के हो यो ? देश चल्छ ? लोकतन्त्र बलियो हुन्छ, गणतन्त्र चलाउने, संघीयता चलाउने, बलियो बनाउने यस्तै तरिकाले हो ? देशको जिम्मा लिनु भनेको । भने यसप्रति मेरो टिप्पणी छ । आलोचना छ । यस्तो नगरौं । यसले देशलाई हल्का बनाउँछ । जनताको शीर निहुर्याउँछ । मेरो आग्रह छ ।’

नेता भट्टराईले मूल्यवृद्धिले आहात भएका जनतालाई सुन्न र देख्न नसकेको भन्दै सरकारको चर्को आलोचना समेत गर्नु भयो । दैनिक उपभोग्य खाद्यन्नको मूल्यवृद्धि एक वर्षमा सरकारले ११७ प्रतिशत वृद्धि गरेको उल्लेख गर्दै उहाँले आक्रोश समेत व्यक्त गर्नुभयो ।