१२ श्रावण २०८३, मंगलवार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बरिष्ठ छायाँकार पाण्डेको निधन



अ+ अ-

काठमाडौँ । फिल्म छायाँकार विदुर पाण्डेको आज निधन भएको छ । हृदयघातका कारण ५५ वर्षीय उहाँको आज बिहान शहीद गंगाालाल अस्पतालमा निधन भएको हो ।

घरमा असहज महसुस गरेपछि पाण्डेलाई अस्पताल लगिएको थियो । चलचित्र प्राविधिक संघका अनुसार उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलिका लागि केही समय पशुपति आर्यघाटमा राखिएको थियो । त्यहाँ उहाँलाई अन्तिम श्रद्धान्जलि दिन फिल्मकर्मी र आफन्त उपस्थितभएका थिए । उहाँको आजै अन्तिम सस्कार गरिएको छ ।

पाण्डेले नेपालको पहिलो डिजिटल फिल्म ‘कागबेनी’ का छायाँकन गर्नुभएको थियो । सयौँ म्युजिक भिडियोसमेत छायाँकन गर्नुभएका पाण्डेले स्वर र भुइँमान्छेमा छायाँकारको रुपमा काम गर्नुभएको थियो ।

हाम्रो टिम, क्वीज मेनिया, फूलको थुँगा, हिमालय फेसन एड्भेन्चरजस्ता टीभी कार्यक्रम र छोटा फिल्ममा उहाँले काम गरिसक्नु भएको छ ।

 




भर्खरै