२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुनजन्य विपत्तिको पूर्वसूचना कति भरपर्दो ?



अ+ अ-

काठमाडौं । पूर्वसूचना दिन छिटो र स्वचालित प्रविधिको रुपमा सन् २००० मै विश्वका विकसित देशहरुले राडार र प्रेसर बब्लर सेन्सरको प्रयोग गर्न थालेका थिए । सन् २००५ मा जापानमा भएको संयुक्त राष्ट्रसंघको सम्मेलनले बाढी प्रभावित देशहरुलाई बाढीको पूर्वसूचनाको प्रक्रियालाई छिटो र सहज तरिकाले सम्प्रेषण गर्न राडर र बब्लर सेन्सरको प्रयोग गर्न सुझाव दिएपछि सन् २००८ देखि नेपालमा पनि यो प्रविधिको प्रयोग हुन थालेको हो ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले बाढी सम्बन्धि पूर्वसूचना भरपर्दो रहेको दाबी गर्छन् । “हामीले ३ दिनसम्मको पूर्वानुमान गर्दै आएका छौं, बाढी सम्बन्धि पूर्वसूचना एसएमएसमार्फत प्रभावित हुने समुदायलाई पठाउँछौ, यसले पछिल्लो समय मृत्युदर पनि घटाएको छ,” उनले भने, “तराइका ठूला नदीमा आधारित पूर्वसूचना प्रणाली जडान भए पनि अझै धेरै नदीहरुमा जडान गर्नुपर्ने छ, ६ हजार नदी नाला छन् , बिस्तारै पहाडमा केन्द्रित हुने छौं ।”

जल तथा मौसम विज्ञान विभागले पूर्वसूचना दिएर मानविय क्षति कम गराउन सक्रिय देखिएको छ । हाल प्रयोग भइरहेका राडार सेन्सर र बब्लर सेन्सर स्वचालित रुपमा सञ्चालन हुने र समयमा नै बाढीको पूर्वसूचना दिन यो प्रविधि प्रभावकारी छ ।

जलवायु तथा विपत व्यवस्थापनविद् डा. धर्म उप्रेतीले बाढी पहिरो जस्ता मुख्य मनसुनजन्य बिपत्ति सम्बन्धि पर्वसुचना बिस्तार गर्न सकेमा वर्षेनी हुने धनजनको क्षति न्यूनिकरण गर्न सहयोग पुग्ने बताउँछन् । “बाढीका पूर्वसूचना पनि सबै ठाउँमा दिन सकेका छैनौ, सबै खोलहरुको पनि पूर्वसुचना दिन आवश्यक छ र पहिरो सम्बन्धी पनि पूर्वसूचना बिकास गर्न आवश्यकम छ,” उनले भने, “समुदायमा आधारित सूचना प्रणालीलाई राष्ट्रिय स्तरमा पुर्याउनुपर्छ र स्थानीय तहलाई पनि सबल बनाउन आवश्यक छ ।” 

यो समाचार आजको कारोबार दैनिकमा छ ।