१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाले‍ काँडाघारीमा रहेको प्रहरी प्रभाग डुवानमा , कार्यालय समग्री सहित मोटरसाईकल बगायो



फाईल फोटो
अ+ अ-

काठमाडौ। गएराति परेको वर्षाले‍ काँडाघारीमा रहेको प्रहरी प्रभागको भवन डुबानमा परेको छ ।

प्रभागको तल्लाको पुरै भाग डुबानमा परेको हो‍ ।बाढीले कार्यालय भवनको एक तल्लाको पुरै भाग डुबाएको र मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बगाएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले जारी गरेको बुलेटिन अनुसार कार्यालयको पछाडि पार्किङ गरेर राखिएका तीनवटा मोटरसाइकल पनि बाढीले बगाएको छ ।यसैगरी कम्प्युटर, इन्टरनेट, सन्चार उपकरणको बेस सेटले काम नगरेको र बत्ती नहुँदा कार्यालयको फोनसमेत बन्द भएको छ ।