२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

वरिष्ठ पत्रकार त्रिपाठीको नेतृत्वमा नयाँ पार्टी निर्माण

वरिष्ठ पत्रकार त्रिपाठीको नेतृत्वमा नयाँ पार्टी निर्माण
अ अ+ अ-

काठमाडौं । वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति, नेपाल घोषणा गरिएको छ । सोमबार विशेष समारोमा त्रिपाठी नेतृत्वमा बुद्धिजीवीहरूले नयाँ पार्टीको घोषणा गरेका हुन् । 

राजसंस्थासहित हिन्दू धर्म सापेक्ष राष्ट्र निर्माण र मौलिक नीति निर्माण लक्ष्यसहित नेपालमा नयाँ पार्टी निर्माण गरेका हुन् । 

हालका दल तथा नेताहरूको कार्यशैलीबाट राष्ट्रियता कमजोर हुँदै गएको, सार्वभौमसत्ता तथा राष्ट्रिय अखण्डता कमजोर हुँदै गएको भन्दै उनीहरूले पृथ्वीपथ (राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दर्शनमा आधारित)मा रहेर पार्टी गठन कार्यक्रममा विभिन्न शक्तिपिठहरुबाट ल्याइएको माटो र जल मिश्रण गरी टीका लगाई कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममै केन्द्रीय कार्यसमितिको समेत घोषणा गरिएको थियो । 

नयाँ पार्टीको उपाध्यक्षमा डा. रामप्रसाद उप्रेती, उपाध्यक्षमा इन्द्र तामाङ, उज्वल कर्माचार्य, शम्भुमान सिंह, महासचिवमा विपी तिम्सिना, कानुन विभाग प्रमुख सुवास आचार्य, सचिव दुर्गाविक्रम थापा, पदम पाण्डे, लोकबहादुर मोक्तान र उपत्यका समन्वय प्रमुखमा जुलुमरत्न शाक्य छन् ।

त्यस्तै सदस्यहरुमा निखिल उप्रेती, डा. मनोहरलाल श्रेष्ठ, अक्षता प्रधान, भोजराज अधिकारी, लेखनाथ आचार्य, प्रदीप गुरागाईं, महेन्द्रमान व्यथित, बसुन्धरा रिजाल, भिक्षू आनन्द, रेणु तिम्सिना, गोमा तामाङ, पुष्पा बराल, दीपक सिंह महर्जन, विश्वराज दर्जी, नविन रिसाल, सिताराम अधिकारी भरत कोइराला, सत्यराम यादव, मुकुन्द झा, नविना थारु, राजेन्द्र रानामगर, माधव भण्डारी, पदम दोङ लामा र सिर्जना पौडेल छन् । 

कार्यक्रम समापनपछि भद्रकाली मन्दिर परिसरमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले एक–एक थोपा रगत चढाई, अब राष्ट्रको नाममा आफ्नो जीवन समर्पण गर्ने कसम आएका थिए । कार्यक्रममा विभिन्न जात जाति र धर्म संस्कृति झल्किने गरी राष्ट्रिय भावनाको साङ्गीतिक प्रस्तुती पनि दिइएको थियो ।