२ माघ २०८१, बुधबार
,
Latest
जोकोभिच सबैभन्दा धेरै ग्राण्डस्लाम खेल्ने खेलाडी बने पक्राउ परेका दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा बयान दिन इन्कार नेप्से परिसूचकमा झिनो अङ्कको सुधार सरकारले ८० प्रतिशत नागरिकलाई दुषित पानी खुवाएको छः अध्यक्ष दाहाल समाजवादी मोर्चाको बैठक शुरु सरकारले संसदको मान हानी गर्योः वर्षमान पुन रविका वकिलको मागः तारेखमा बसेर मुद्दा पुर्पक्ष गर्न पाउनुपर्छ अभियन्ता आशिका तामाङ पक्राउ सूर्योदय नगरपालिकामा शैक्षिक गुणस्तर सुधार्न ‘१२ महिना, १२ कार्यक्रम’ काठमाडौं महानगरले प्रदेश सरकारलाई राजश्वबाट उठेको ४० प्रतिशत रकम नबुझाएको कानूनमन्त्री लामिछानेको गुनासो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक प्रमाणीकरणको बिषयमा उपराष्ट्रपतिलाई पीडितको ज्ञापनपत्र



अ+ अ-

काठमाडौँ । नागरिकताविहीन संघर्ष समिति नेपालले संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक छिटो प्रमाणीकरणको माग गर्दे सरोकारवाला निकायको ध्यानकर्षण गराएको छ ।

समितिले नागरिकता विधेयक प्रमाणीकरणको बिषयमा उपराष्ट्रपति नन्दबहादुर पुनलाई आज ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापनपत्रमा प्रमाणीकरणमा भै रहेको ढिलाईबारे ध्यानकर्षण गराईएको छ । समितिले गत आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा पनि छिटो प्रमाणीकरण गर्न माग गर्दे ज्ञापन पत्र बुझाएको थियो ।

समितिका राष्ट्रिय अध्यक्ष ईन्द्रजीत साफी नेतृत्वको टोलीले उपराष्ट्रपति निबास हतिगृह लैनचौर निवास पुगेर उपराष्ट्रपति पुनलाई ज्ञापनपत्र बुझाएको हाे  ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइसकेका छन्।