८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

कारागारमा क्षमताभन्दा दोब्बर कैदी बन्दी

कारागारमा क्षमताभन्दा दोब्बर कैदी बन्दी
अ अ+ अ-

गलकोट । बागलुङ जिल्ला कारागारमा क्षमता दोब्बर बढी कैदी बन्दी बस्न बाध्य छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा तिनलाई बस्ने ठाउँको अभाव भएको हो । पुरुषतर्फ ५० र महिलातर्फ २० क्षमता गरी ७० जनाको क्षमता रहेको कारागारमा १७६ कैदीबन्दी बस्न बाध्य छन् ।

हाल पुरुषतर्फ एक सय ६६ र महिलातर्फ १० गरी १७६ कैदीबन्दी रहेकामा एकजना ६४ वर्ष उमेर माथिका छन् । महिला कैदी बन्दीसँग हाल तीन नाबालकसमेत कारागारमा छन् । उक्त कारागारमा हाल ८१ कैदी र ९५थुनुवा रहेका छन् । कैदीतर्फ ७७ पुरुष र तीन महिला छन् भने थुनुवातर्फ ८७ पुरुष र सात महिला छन् । कारागारमा ठाउँको अभाव हुँदा महिलाभन्दा पुरुष कैदी बन्दीलाई समस्या भएको हो । पुरुष कैदी तथा थुनुवालाई जाडो र गर्मी सबैखाले मौसममा बस्न र सुत्नका लागि समस्या पर्ने गरेको छ ।

कारागारमा ठाउँको अभाव हुँदा क्षमताभन्दा दोब्बर बढी कैदी बन्दी बस्नुपर्ने बाध्यता रहेको छ । ठाउँ अभाव हुँदा कैदीलाई कोचाकोच गरेर सुत्न, बस्न र हिँडडुलमा समस्या भएको छ भने शौचालय जान पनि पालो लगाउनुपर्ने बाध्यता रहेको कारागारका प्रमुख डिलबहादुर केसीले जानकारी दिनुभयो ।

“कैदी बन्दी क्षमताभन्दा दोब्बर बढी छन्, ठाउँ सानो छ, पुरुष कैदी बन्दीलाई सुत्न, शौचालय जान पनि निकै अप्ठारो भएको छ” कारागार प्रमुख केसीले भन्नुभयो “महिला कैदी बन्दीलाई अहिले समस्या छैन, २० जनाको क्षमतामा १० जना मात्रै छन तर पुरुष कैदीबन्दीलाई निकै समस्या छ ।”हाल कारागारमा सबैभन्दा धेरै करणी, कर्तव्य ज्यान, मानव बेचबिखन, हातहतियार खरखजना, ठगी र वैदेशिक रोजगारी कसूरका कैदी तथा बन्दी रहेका छन् ।