८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

‘जहाँ महादेव विराजमान रहन्छन्’

‘जहाँ महादेव विराजमान रहन्छन्’
अ अ+ अ-

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।

साउनको पावन महिनामा प्रत्येक सोमबारका दिन सोमबारी पर्वको अवसर पारेर बाबा जलेश्वरनाथ मन्दिरलाई दुलही झैँ सिङ्गारिएको छ । मन्दिरको पाँचसय मिटर टाढासम्म शिवभक्तिका गीत सङ्गीतले जलेश्वर गुञ्जायमान बनेको छ । कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष तीर्थालुको आगमन हुन नपाएकामा यस यसवर्ष करिब १० लाख भक्तजनले पूजाअर्चाना गर्ने अनुमान गरिएको छ ।

बाबा जलेश्वरनाथ महादेवको मन्दिरमा साक्षात शिवको बास रहेको र चोखो मन वचनले भाकल गर्नेको मनोकामना पूरा हुने गरेको जनविश्वास रहिआएको वर्तमान पूजारी उपेन्द्र पाठक बताउनुहुन्छ । जलेश्वरनाथमा पूजाअर्चनाका लागि देशभित्रबाट मात्र नभई भारतको पटना, मुजफ्फरपुर, सीतामढी, मधुबनी लगायतका सहरबाट पनि हजारौँको सङ्ख्यामा तीर्थालु आउने गर्दछन् । मन्दिरमा महाशिवरात्रि, साउन महिनाको प्रत्येक सोमबार र प्रत्येक महिनाको पहिलो सोमबार विशेष मेला लाग्ने गर्दछ र विशेष पूजाआजा र प्रत्यक्ष दर्शन हुने गरेको स्थानीय बासिन्दा रमन चौधरी बताउनुहुन्छ ।

नगरपालिका–२ मा अवस्थित जलेश्वरनाथ मन्दिरको मूल गुफामा लेखिएको छ, ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयम्’ अर्थात् जलेश्वरनाथ महालिङ्ग स्वयं महादेवले स्थापना गर्नुभएको शिव महापुराणमा उल्लेख रहेको छ । अनादिकालमा जलेश्वर घना जङ्गल रहँदा बाबा जगदीशनाथ, चतुर्भुजनाथ र तसमैया बाबा आएर जलेश्वरमा बसेको बेला स्यवं महादेवले बाबा जगदीशनाथलाई स्वप्न दिएर जलेश्वरमा महादेवको मन्दिर निर्माण गर्न आदेश दिएको किंवदन्ती रहेको जलेश्वरनाथ महादेवका अर्का पुजारी कालिकान्त झा बताउनुहुन्छ ।

बाबा जगदीशनाथले जङ्गलमा बाघ, भालु, हात्तीजस्ता जनावरहरु रहेको यस ठाउँमा कोही पनि कामदार काम गर्न नआउने भनेपछि स्वयं रुद्र ९महादेव० ले जलेश्वरनाथको मूल गुफासहितको मन्दिर प्रकट गरिदिनुभएको सो पुराणमा उल्लेख रहेको पुजारी पाठक बताउनुहुन्छ ।
जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिँढी (भ¥याङ) मुनि जमिनभित्र रहेको छ । यहाँ २४ घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षको तीन सय ६५ दिन जलमै विराजमान रहनुहुन्छ । यस मन्दिरमा भगवान शिवको शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतीक्षा गर्नुपर्छ । यस मन्दिरभित्र करिब २० फिटमुनि जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जलबाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गर्दछ ।

रुद्रले स्वयं गुफासहितको मन्दिर निर्माण गरिदिएपछि बाबा जगदीशनाथले नित्य पूजाआजाका साथै यस मन्दिर र महादेवको बारेमा प्रचारप्रसार गर्नुभयो । बाबा महादेवको चौतर्फी चर्चा गरेर प्रख्यात बनाउन भूमिका खेल्नुभएका जगदीशनाथले जीवनको अन्तिम कालमा बाबाको मन्दिरको ठीक अगाडि मृत्युवरण लिनुभएकाले त्यहाँ निर्माण गरिएको उहाँको सानो मन्दिर अझै पनि छ ।

विसं १८६७ मा राजा गिर्वाणयुद्ध विक्रम शाहले महोत्तरीको तत्कालीन कञ्चनपुर गाउँस्थित जङ्गल ९हाल रामगोपालपुर नगरपालिका–७० मा सिकार खेल्न आएको बेला जलेश्वरनाथ महादेव मन्दिरलाई सञ्चालन, व्यवस्थापन र पूजाआजाका लागि दुईसय ७५ बिघा जग्गा र चार वटा महापोखरीहरु दान दिनुभएको ताम्रपत्रमा उल्लेख छ । यसलाई पछि मौजेको नाउँमा जनिन थाल्यो र मौजेको रुपमा मन्दिरले जलेश्वर मौजे, बजराही मौजे, बहेरा मौजे, डाम्ही महेशपुर मौजे लगायतका मौजेहरु पाएका थिए भने बरुण सरोवर, पुरन्दर सरोवर, मखान पोखरी र महन्थ पोखरीजस्ता महापोखरीहरु पनि पाएका थिए । शिवपुराणमै जलेश्वरनाथ महादेवको ठीक अगाडि रहेको बरुण सरोवरमा स्नान मात्र र बाबा जलेश्वरनाथ महादेवको दर्शन गर्नाले मुक्ति पाउने विश्वास गरिन्छ ।

लामो समयसम्म बाबा जलेश्वरनाथसँग रहेको दर्जनौँ मौजे र महापोखरीहरुबाट आएका आम्दानीबाट मन्दिरको दैनिक पूजाआजा, साधुसन्तको भण्डारा र आगन्तुकहरुको स्वागत सत्कारसमेत हुने गरेको थियो । मन्दिरकै दक्षिणपट्टि रहेको गुठी संस्थानसँग रहेको ताम्रपत्रमा राजा गिर्वाणयुद्ध विक्रम शाहले दान दिनुभएको मन्दिरको दुई सय ७५ बिघा जग्गा र चार महापोखरीको उल्लेख अझै पनि सुरक्षित रहेको छ ।

पछि श्री ३ पद्म शमशेरको पालामा उनले यस मन्दिरको अधिनमा रहेका जग्गाहरु आफ्ना गुरु पुरोहित गोपालबहादुर उपाध्याय, रामबहादुर उपाध्यायलगायतका चार÷पाँच दाजुभाइलाई दान दिएको चर्चा छ । पद्म शमशेरले दान दिएपछि गुरु पुरोहित र उनका सन्तानले मन्दिरका मौजेहरु बेचेर खाएपछि विस्तारै मन्दिरको आर्थिक अवस्था कमजोर बन्दै गएको पुजारी झाले बताउनुभयो । विसं १९८३ को स्रेस्तामा पनि सयांै विगाहा जग्गा मन्दिरको नाउँमै उल्लेख रहेको देखिन्छ । त्यसैगरी विसं २००२ सम्म मन्दिरको महन्थको नाउँमा मौजेहरु रहेको उल्लेख भए पनि मन्दिरका सयौं विगाहा जग्गाको मौजे २००८ सालबाट हराएको उहाँको भनाइ छ । मन्दिरका चार महापोखरीहरु अहिले जलेश्वर नगरपालिकाले आफ्नो नियन्त्रणमा लिएको छ ।

आज यस मन्दिरसँग केही पनि अचल सम्पत्ति छैन । मन्दिरमा अहिले भक्तजनले चढाएको भेटी, चन्दा र अन्य सहयोगबाटै नित्य पूजाआजा तथा प्रसाद ९भोग० पनि चल्ने गरेको छ । यसका अलावा बाबाको मन्दिरमा २४ सै घण्टा खटिरहने पूजारी, टहलु, मेस्तर, गिरी र आगन्तुक बाबाजीहरुको पनि दैनिकी भक्तजनकै दान दातव्यबाट चल्ने गरेको पूजारी पाठकले थप्नुभयो ।

आर्थिक अभाव भएपनि कुनै दिन बाबाको पूजाआजा प्रभावित नभएको, भोग प्रसादको कमी नभएको, बाबाको सेवामा लागेका कोही पनि भोकै बस्न नपरेको र आगन्तुक समेतलाई पनि कहिले कुनै समस्या नभएको पूजारी पाठक बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘कहाँबाट कसले कतिबेला ल्याइदिन्छ, थाहा हुँदैन । सबै बाबा महादेवको कृपाले चलेको छ ।’’

बाबा जलेश्वरनाथ मन्दिर केहीवर्षदेखि टेकोको भरमा अडिएको छ । बस्नुभएको छ । बाबा मन्दिरमा पछिबाट निर्माण गरिएको बाहिरी विशाल मन्दिर बाबाको शिवलिङ्गको ठीक माथि भित्रपट्टीबाट झुकेको र कुनै पनि बेला ढल्न सक्ने अवस्थामा पुगेको पूजारी झा बताउनुहुन्छ ।

मन्दिरको अवस्था अवलोकनका लागि पुरातत्व विभागबाट पनि पटकपटक विज्ञहरुले आएर गएको भए पनि जीर्णोद्वार तथा मर्मतसम्भारको लागि कतैबाट कुनै सहयोग नआएको पूजारीहरुको दुःखेसो छ । जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले मूल मन्दिरको संरक्षणको लागि विशेष पहल र वृहत योजनाको आवश्यकता पर्ने औंल्याउनुभयो ।

महामन्दिर निर्माण गर्न सख्खर, उरिद, चुन, सुरखी, कत्थालगायतका वस्तुहरुको प्रयोग गरिएको थियो । विसं १९९५ मा बडाहाकिम राम शमशेरले २५ हजार रुपैयाँ खर्चेर जलेश्वरनाथ महादेवको भित्री गुफासहितको मन्दिरको माथि आकर्षक र ठूलठूला गजुरसहितको अद्वितीय मन्दिर निर्माण गर्नुभएको इतिहासमा पढ्न पाइन्छ । रासस