काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले दिउँसो साढे २ बजे सभापति पदका लागि उमेदवारी घोषणा गर्ने भएका छन् । गुरुङले आज पत्रकार सम्मेलन गरेर सभापति पदका लागि उमेदवारी घोषणा गर्ने भएका हुन् ।
काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा पत्रकार सम्मेलन गरी गुरुङले उमेदवारी घोषण गर्दै १४औँ महाधिवेशनका लागि गुरुङले सभापतिमा उमेदवारी घोषणा गरेपनि अरू टिम भने पछि सार्वजनिक गर्ने बताइएको छ ।
कांग्रेस सभापतिका लागि यसअघि उपसभापति विमलेन्द्र निधिले उमेदवारी घोषणा गरेर तयारी थालिसकेका छन् ।