१८ भाद्र २०८३, बिहीबार
,
Latest
एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘संविधानमा उल्लेख दलित समुदायको अधिकार कार्यान्वयन होस्’



file
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद अञ्जना विसङ्खेले संविधानमा उल्लेख दलित समुदायको अधिकार कार्यान्वयन हुनुपर्ने माग गर्नुभएको छ ।

बैठकको शून्य समयमा बोल्दै सांसद अञ्जना विसङ्खेले संविधानको धारा ४० ले दलित समुदायलाई जमिनको व्यवस्था गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन नसकेको भन्दै कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । संविधानमा उल्लेख भए पनि तराईमा हरुवाचरुवा र पहाडमा हलियाको जमिनको समस्या अझै समाधान हुन नसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “हरुवाचरुवा र हलिया अध्ययन प्रतिवेदनले अझै पनि दुई÷तीन हजार दलितहरु जमिनविहीन भएको देखाएको छ, उनीहरुको पुनःस्थापनाको व्यवस्था गर्नुपर्छ ।”

सांसद अतहर कमाल मुसललमानले “हामी संसद्को अन्तिम अन्तिममा छौँ, तर संसद्ले एम अधिकारी भन्ने व्यक्ति को हुन् भनेर पत्ता लगाउन सकेन, अब जनताको बीचमा हामीले के जवाफ दिने हो रु” भन्दै प्रश्न गर्नुभयो । सांसद अमृता थापाले पर्वत जिल्लाको जलजलामा बिजुलीको पोलको तारको व्यवस्थित व्यवस्थापन नहुँदा एक जनाले ज्यान गुमाउनु परेको बताउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो । मृतक र घाइतेलाई उचित राहतको व्यवस्था गर्नुपर्ने उहाँको माग छ ।

सांसद आशाकुमारी विकले सरकारले कर्मचारीको तलब वृद्धिमा विभेद गरेर तल्लो तहका कर्मचारीको मनोबल घटाउने काम गरेको बताउनुभयो । सांसद इन्दुकुमारी शर्माले महोत्तरी जिल्लामा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति र उपकरणको माग गर्नुभयो । सांसद उमाशङ्कर अरगरियाले संविधानले व्यवस्था गरेको समानुपातिक सिद्धान्तलाई व्यावहारिक रुपमा राज्यका सबै संरचनामा लागू गर्नुपर्ने माग गर्नुभयो ।

सांसदहरु खगराज अधिकारी, खेमप्रसाद लोहनी, कृष्णगोपाल श्रेष्ठ, गणेशकुमार पहाडी, गङ्गाबहाुर तामाङ, चाँदतारा कुमारी, कृष्णप्रसाद दाहाल, कृष्णबहादुर राई, केदार सिग्देल, कुमारी मेचे, एकवाल मियाँ र कुमारी तुल्सी थापालगायतले सडक र पुल निर्माण, बाढीपहिरो रोकथाम, महङ्गी र भ्रष्टाचार नियन्त्रणलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।