• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   चेन्नईलाई हराएर मात्रै आरसीबी प्लेअफमा पुग्दैन, यस्तो गर्नुपर्नेछ ★   ‘ओशो पार्क’ पर्यटकको रोजाइमा ★   कोशी प्रदेश सभा: कानून निर्माणमा कमजोर, विषयगत समितिले पूर्णता पाउँदै ★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित

‘संविधानमा उल्लेख दलित समुदायको अधिकार कार्यान्वयन होस्’



file

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद अञ्जना विसङ्खेले संविधानमा उल्लेख दलित समुदायको अधिकार कार्यान्वयन हुनुपर्ने माग गर्नुभएको छ ।

बैठकको शून्य समयमा बोल्दै सांसद अञ्जना विसङ्खेले संविधानको धारा ४० ले दलित समुदायलाई जमिनको व्यवस्था गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन नसकेको भन्दै कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । संविधानमा उल्लेख भए पनि तराईमा हरुवाचरुवा र पहाडमा हलियाको जमिनको समस्या अझै समाधान हुन नसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “हरुवाचरुवा र हलिया अध्ययन प्रतिवेदनले अझै पनि दुई÷तीन हजार दलितहरु जमिनविहीन भएको देखाएको छ, उनीहरुको पुनःस्थापनाको व्यवस्था गर्नुपर्छ ।”

सांसद अतहर कमाल मुसललमानले “हामी संसद्को अन्तिम अन्तिममा छौँ, तर संसद्ले एम अधिकारी भन्ने व्यक्ति को हुन् भनेर पत्ता लगाउन सकेन, अब जनताको बीचमा हामीले के जवाफ दिने हो रु” भन्दै प्रश्न गर्नुभयो । सांसद अमृता थापाले पर्वत जिल्लाको जलजलामा बिजुलीको पोलको तारको व्यवस्थित व्यवस्थापन नहुँदा एक जनाले ज्यान गुमाउनु परेको बताउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो । मृतक र घाइतेलाई उचित राहतको व्यवस्था गर्नुपर्ने उहाँको माग छ ।

सांसद आशाकुमारी विकले सरकारले कर्मचारीको तलब वृद्धिमा विभेद गरेर तल्लो तहका कर्मचारीको मनोबल घटाउने काम गरेको बताउनुभयो । सांसद इन्दुकुमारी शर्माले महोत्तरी जिल्लामा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति र उपकरणको माग गर्नुभयो । सांसद उमाशङ्कर अरगरियाले संविधानले व्यवस्था गरेको समानुपातिक सिद्धान्तलाई व्यावहारिक रुपमा राज्यका सबै संरचनामा लागू गर्नुपर्ने माग गर्नुभयो ।

सांसदहरु खगराज अधिकारी, खेमप्रसाद लोहनी, कृष्णगोपाल श्रेष्ठ, गणेशकुमार पहाडी, गङ्गाबहाुर तामाङ, चाँदतारा कुमारी, कृष्णप्रसाद दाहाल, कृष्णबहादुर राई, केदार सिग्देल, कुमारी मेचे, एकवाल मियाँ र कुमारी तुल्सी थापालगायतले सडक र पुल निर्माण, बाढीपहिरो रोकथाम, महङ्गी र भ्रष्टाचार नियन्त्रणलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।