९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सांसद जेनिफरद्वारा मिस नेपाल प्रियंका सम्मानित



अ+ अ-

काठमाडौँ । मिस नेपाल प्रियंकारानी जोशीलाई अमेरिकी सांसद् जेनिफर राजकुमारले सम्मान गरेकी छन् । नेपाली समाजको रोल मोडल बनेको र विद्युत् नपुगेको नेपाली गाउँमा सोलार परियोजना स्थापना सुरु गरेको भन्दै न्युयोर्कम सांसद राजकुमारीले उनलाई सम्मान गरेकी हुन् । मिस नेपाल प्रियंका अहिले न्युयोर्कमा छिन् ।

मिस वर्ल्डअन्तर्गत ब्युटी विथ पर्पसका लागि विद्युत् परियोजनाका लागि लगानी जुटाउन र मिस नेपाल नर्थ अमेरिकाको फिनालेमा भाग लिन उनी न्युयोर्क पुगेकी हुन् ।

सांसद जेनिफरले महिलाका लागि आदर्श पात्र तथा मिस नेपाल प्रियंकाको बाह्य सौन्दर्यलाई आन्तरिक सौन्दर्यले जितेको भन्दै प्रशंसा गरिन् । प्रियंकाले व्यावसायिक, सामाजिक र मानवीय कार्यमा योगदान पुर्याएको समेत सांसद जेनिफरको भनाइ थियो ।

जेनिफर न्युयोर्क एसेम्बलीअन्तर्गतको डिस्ट्रिक्ट ३८ की सदस्यसमेत हुन् । न्युयोर्कको डिस्ट्रिक्ट ३८ मा नेपालीहरुको ठूलो बसोबास छ ।