११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा

प्रतिनिधिसभा: ‘काठमाडौंका फोहोरको जिम्मा मेयरलाई लगाएर हुन्छ ?’

प्रतिनिधिसभा: ‘काठमाडौंका फोहोरको जिम्मा मेयरलाई लगाएर हुन्छ ?’
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सांसद निरादेवी जैरुले काठमाडौंको फोहोर चार दिन व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था आउने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधिसभाको बैठकमा समयमा माग गरेर बोल्दै सांसद जैरुले यस्तो बताउनु भएको हो । उहाँले काठमाडौंको फोहोर व्यवस्थापनको लागि काठमाडौं महानगरका मेयर मात्रै नभएर संघीय सरकारको सम्बन्धित मन्त्रालयले त्यसको व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । उहाँले फोहोर व्यवस्थापनको कार्य यथाशीघ्र गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘काठमाडौंको फोहोर काठमाडौंका मेयरलाई जिम्मा लगाएर हुन्छ? संघको सम्बन्धित मन्त्रालय यथाशीघ्र बसेर यसलाई निवारण दिएन भने अहिले पानी परिरहेको छ । चार दिन घाम लाग्यो भने बस्न सक्ने अवस्था छैन । काठमाडौंको फोहोर र कोरोना भन्दा ठूलो कुरा संविधानको धारा ४० लाई कानून बनाएर लाने भन्दा भन्दै पनि राज्यका तहमा बसेका जिल्ला प्रशासन अधिकृतहरुले नागरिकतामा कुकुर, कुकुर्नी कमिनी राखेर नागरिकता वितरण गर्नुभएको छ । त्यो टोली बनाएर वितरण गरेको जस्तो लाग्छ । स्थानीय तहमा समन्वय नगरेर त्यस्ता प्रशासकीय अधिकृतहरुलाई निलम्वन गर्न माग गर्दछु ।’

सांसद जैरुले दलित समुदायका नागरिकलाई नागरिकता वितरण गर्दा नागरिकतामा अपमान गरेर कुकुर,कुकुर्नी जस्ता नाम राख्ने प्रशासकीय अधिकृतहरुलाई निलम्वन गर्न सरकारसँग माग गर्नुभयो ।