४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ

विजय सेतुपती बने सबैभन्दा महँगा भिलेन

विजय सेतुपती बने सबैभन्दा महँगा भिलेन
अ+ अ-

एजेन्सी । साउथ अभिनेता विजय सेतुपति अहिले पान इन्डिया स्टार बनेका छन् । उनको भर्सटायल अभिनयका कारण उनले निकै फ्यानहरू बनाएका छन् । त्यसैले जब पनि विजय सेतुपतिको नाम फिल्मसँग जोडिन्छ, फ्यानहरू निकै उत्साहित हुन्छन् । आजकल विजय सेतुपतिसँग धेरै ठूला प्रोजेक्टहरू छन् जसमा उनी खलनायकको भूमिकामा देखिनेछन् ।

यो लिस्टमा शाहरुख खानको ‘जवान’ र अल्लु अर्जुनको ‘पुष्पा २’ जस्ता फिल्महरू समावेश छन् । तर के तपाईलाई थाहा छ विजय सेतुपति सबैभन्दा महँगो खलनायक पनि बनेका छन् । उनले आफ्ना केही फिल्मबाटै सय करोडभन्दा बढी कमाउने भएका छन् ।

एक रिपोर्टका अनुसार शाहरुख खानको फिल्म जवानमा खलनायकको भूमिकामा विजय सेतुपतिलाई साइन गरिएको छ । एट्लीको निर्देशनमा बनेको यस फिल्मका लागि विजय सेतुपतिले ३० करोड भारु पारिश्रमिक लिएका छन्, जुन ठूलो रकम हो । यस्तै विजय सेतुपति अल्लु अर्जुनको ‘पुष्पा २’ को लागि करिब २५ करोड भारु लिएका छन् । यस फिल्ममा विजय सेतुपति र अल्लु अर्जुनको भिडन्त हुनेछ । यो फिल्मलाई सुकुमारले निर्देशन गर्दैछन् ।

विजय सेतुपति साउथ सुपरस्टार नन्दमुरी बाला कृष्णको आगामी फिल्म ‘वीजेएस’ मा पनि महत्वपूर्ण भूमिका निभाउने छन् र यस भूमिकाका लागि पनि अभिनेताले मोटो रकम लिएका छन् । एक रिपोर्टका अनुसार यस फिल्मको लागि विजयको पारिश्रमिक २५ करोड भारु तय भएको छ । ‘जवान’, ‘पुष्पा २’ र ‘भिजेएस’को पारिश्रमिक जोड्ने हो भने, विजय सेतुपतिले यी तीन फिल्मबाट मात्रै ८० करोड कमाइसकेका छन् ।

यी तीन फिल्मबाहेक विजय सेतुपति हिन्दी फिल्म ‘मेरी क्रिसमस’ र ‘गान्धी वार्ता’मा कट्रिना कैफसँग देखिनेछन् ।