८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

प्रतिनिधिसभा: पर्वतको जलजला घटनाका पीडितलाई राहत माग

प्रतिनिधिसभा: पर्वतको जलजला घटनाका पीडितलाई राहत माग
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद पदम गिरीले पर्वत जिल्लाको जलजला–७ धाइरिङ, धारापानीमा सोमबार विद्युत् प्राधिकरणको लापरबाहीका कारण स्थानीय सीता केसीको मृत्यु भएको जानकारी गराउँदै उहाँको परिवारलाई क्षतिपूर्तिको माग गर्नुभएको छ ।

बैठकको सुरुमै सभामुखसँग समय माग गरी सांसद गिरीले भन्नुभयो, “विद्युत् प्राधिकरणको लापरबाही र असावधानीका कारण ११ केपिए प्रसारण विद्युत् गाउँमा पस्दा ५० वर्षीया सीता केसीको मृत्यु भएको छ र यसबाट १३ जना स्थानीय गम्भीर घाइते भएका छन् । मृतकका परिवार तथा घाइतेहरुलाई क्षतिपूर्तिको व्यवस्था होस् ।”

मृतक सीता केसीको परिवारका कम्तीमा एकजना सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने र भौतिक क्षतिको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उहाँको माग छ । विद्युत्को भौतिक संरचना बलियो नहुँदा घटना भएको उहाँको भनाइ थियो ।

त्यसैगरी सांसद गिरीले पर्वत जिल्ला कुश्मा नगरपालिका–१० पीपलटारीमा ६४ घरधुरी भएको बस्तीमा भूस्खलन भएको बताउँदै बस्ती संरक्षण गर्नुपर्ने माग गर्नुभयो । भूस्खलनका कारण ६४ मध्ये पाँच घरपरिवार त्यहाँबाट विस्थापित भइसकेको उहाँको भनाई छ ।