५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपुर थिमिमा साउन २६ गते जनैपूर्णिमा



file
अ+ अ-

भादगाउँ । मध्यपुरथिमि नगरपालिकामा यसवर्षको गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते बिहीबार र सापारु (गाईजात्रा) साउन २७ गते शुक्रबार मनाइने भएको छ । नगरपालिकाले सोमबार सरोकारवालाहरुसँग छलफल गरी साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको हो ।

पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन साउन २७ गते परेको छ । नगरपालिकाले आयोजना गरेको छलफलमा सरोकारवालाले नेवारी परम्परागत संस्कृतिमा एकै दिन दुई पर्व मनाउन व्यावहारिक नभएको बताएको थियो । उनीहरुले ज्योतिषशास्त्र अनुसार तिथिमिति मिलाएर सांस्कृतिक पर्व मनाउनुपर्ने भए पनि नेवारी संस्कृतिमा कतिपय अवस्थामा सो अव्यावहारिक हुने गरेको विषय उठान गरेको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।

पात्रोअनुसार साउन २६ गते बिहान पौने ११ बजेदेखि २७ गते बिहान सवा सात बजेसम्म पुर्णिमा तिथि रहेको छ । सोअनुसार २६ गते नै जनैपूर्णिमा मनाउने निर्णय गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । छलफलमा वडा नं ८ बोडेको ऐतिहासिक एवं धार्मिक महत्वको निलबाराही देवगणको द्यः प्याखँ गाईजात्राको भोलिपल्ट द्धितीयादेखि प्रदर्शन गर्नुपर्ने परम्परा रहेकोले सोही अनुसार गर्न २७ गते गाईजात्रा मनाउनु पर्ने सुझाव द्यः प्याखँका नाइके प्रेमचन्द्र अदुवा श्रेष्ठले दिनुभएको थियो ।

त्यसैगरी थिमिको लाय्कू भैलः प्याखँका गुरु अर्जुन श्रेष्ठले पनि ललितपुर र भक्तपुरका ज्योतिष र संस्कृतिकर्मीसँग छलफल गरी भैलः प्याखँ पनि साउन २८ गते प्रदर्शन गर्ने तयारी भएको जानकारी दिँदै स्थानीयवासीले सोहीअनुसार तयारी गरेको बताउनुभयो । छलफलमा नगरउपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाध्यक्ष, स्थानीय संस्कृतिकर्मी र थिमिमा ज्योतिषविद्को सहभागिता रहेको थियो ।

यसअघि भक्तपुर नगरपालिकाले पनि तलेजुका पुजारीसँगको छलफलपछि साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको थियो ।




भर्खरै