९ माघ २०८१, बुधबार
,
Latest
हिउँदे विदा उपयोगः शिक्षक तालिम, नतिजा सुधारका कक्षा र सिर्जनात्मक सिकाइ आइसिसी यू–१९ महिला विश्वकपः अस्ट्रेलियाविरूद्ध नेपाल पहिले फिल्डिङमा होबार्ट हरिकेन्स ७ वर्षपछि बीबीएलको फाइनलमा लागुऔषध कारोबार: झापामा छ महिनामा दुई सय १३ जना पक्राउ एचपिभी खोप अभियान सफल पार्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण सुनको मूल्य तोलाको एक लाख ६० हजार पुग्यो रवि लामिछानेको मुद्दा प्रह्लाद कुमार योगीको इजलासमा लहडमा निकुञ्ज, मध्यवर्ती र गाउँपालिकाले निकुञ्जको आकाशमा हेलिकप्टर बन्द भयो भन्नेकुरा स्वीकार्य छैनः पर्यटनमन्त्री भैरहवा र पोखरा विमानस्थल विदेश जाने श्रमीकका लागि डेडिकेटेड गरौँ, चलेन भनेर चिन्ता लिनै पर्दैनः… इन्टेग्रिटी आइकन नेपाल २०२४ अवार्डबाट पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई महिनामै थपिए कञ्चपुरमा नौ हजार बढी मतदाता



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरमा नौ हजार आठ सय २८ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले असार महिनादेखि साउनको १९ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय त्रिभुवनबस्ती र जिल्ला निर्वाचन कार्यालयमार्फत् मतदाता नामावली सङ्कलन गरिएको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताउनुभयो । उहाँका अनुसार नयाँ थप भएका मतदातामा महिला चार हजार नौ सय ६६ र पुरुष मतदाता चार हजार आठ सय ६२ रहेका छन ।

यसअघि जिल्लामा दुई लाख ९५ हजार तीन सय ५४ कूल मतदाता रहेका थिए । थप नयाँ सहित मतदाता सङ्ख्या तीन लाख पाँच हजार एक सय ८२ पुगेको छ । “प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणासँगै मतदाता नामावली सङ्कलनको कार्य स्थगित गरिएको छ”, अधिकृत जोशीले भन्नुभयो, “केही दिनभित्रै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्छौँ । यसमा नाम सच्याउने, ठेगाना सार्ने, मृत्यु भएका मतदाताको नामावली हटाउने लगायतका कार्य हुने छन् ।”