२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट फर्किएर पशुपालन



file
अ+ अ-

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका ४६ वर्षीय कुलप्रसाद पुर्जाले १२ वर्ष मलेसियामा पसिना बगाउनुभयो । त्यसबाट परिवारको घरखर्च बाहेक थप आम्दानी गर्न नसकेपछि गाउँ फर्किएर पशुपालनमा उहाँ लाग्नुभयो ।

किसानसमेत राजनीतिमार्फत समाज रुपान्तरणको अभियानमा लाग्न सक्छन् भन्ने सन्देश पुर्जाले दिनुभएको छ । दोवावेशी बाख्रापालन फार्म स्थापना गर्नुभएका पुर्जा निवर्तमान वडा सदस्य हुनुहुन्छ । अहिले अधिकांश समय बाख्रापालनमै खर्चिन थाल्नुभएका पुर्जाले समय व्यवस्थापन गरेर पार्टी सङ्गठनको कामलाई अघि बढाउने गरेको बताउनुभयो ।

दुई वटा पैँचो बाख्रा लिएर बाख्रापालन सुरु गर्नुभएका उहाँको फार्ममा अहिले ६० वटाको हाराहारीमा बाख्रा छन् । एक वर्षमा बाख्राको सङ्ख्या सय पुर्याउने पुर्जाको योजना छ । वर्षमा एक लाखको खसीबोका बिक्री भएको बताउँदै पुर्जाले फार्मबाट उत्पादन भएका बोका र बाख्राको लागि बजारको अभाव नभएको र माग पुर्याउन नसकेको बताउनुभयो ।

दोवालाई बाख्रापालनको पकेटक्षेत्र समेत घोषणा गरिएको छ । पुर्जाको हजुरबुबाले परम्परागत रुपमा भेडापालन गर्दै आउनुभएको थियो । फार्ममा एक जनालाई नियमित रोजगारीसमेत दिइएको छ । फार्ममा स्थानीय र उन्नत जातका बाख्रा पालन हुने गरेको छ । पुर्जाको फार्ममा तीन वटा भैँसी छन् । उहाँले बेँशी नजिकैको सुनारीमा वार्षिक रु २० हजार भाडा तिर्ने गरी जग्गा भाडामा लिएर बङ्गुर र माछापालनसमेत गर्ने तयारी गर्नुभएको छ ।