काठमाडौं । गैर आवासीय नेपाली सङ्घ अमेरिकाले पठाएका स्वास्थ्य उपकरण र सामग्री नेपाल आईपुगेको छ । अमेरिकी सेनाको जहाज स्वास्थ्य उपकरणर र सामग्री लिएर त्रिभुवन विमानस्थलमा अवतरण गरेको गैर आवासीय नेपाली सङ्घ अमेरिकाका प्रवक्ता तोया दाहालले जानकारी दिनुभएको हो ।
कोरोना महामारीमा नेपाल र नेपालीलाई सहयोग स्वरुप उक्त स्वास्थ्य उपकरणर र सामाग्री सहयोग गरेको गैर आवासीय नेपाली सङ्घ अमेरिकाले जनाएके छ । भोलि बुधवार सबै उपकरण र सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको गैर आवासीय नेपाली सङ्घ अमेरिका अध्यक्ष बुद्धि सागर सुवेदीले बताएक छन् ।
उक्त सहयोग अभियानमा जोडिनु भएका दाताहरू, सहयोगी संस्था, व्यक्तिहरू र अमेरिकी सरकार प्रति गैर आवासीय नेपाली सङ्घ परिवारले आभारी व्यक्त गरेका छन् ।








