११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा

निर्वाचन सम्बन्धी कानून संशोधन गर्न एमालेकी सांसद रावलको माग

निर्वाचन सम्बन्धी कानून संशोधन गर्न एमालेकी सांसद रावलको माग
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) की सांसद दिलकुमारी रावल थापाले निर्वाचन सम्बन्धी कानून संशोधन गर्न माग गर्नुभएको छ ।

सोमवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले गणतन्त्र र संघीयतालाई बलियो बनाउनका लागि निर्वाचन प्रणालीको सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्वाचन प्रणाली महंगो भएको भन्दै स्वच्छ, निष्पक्ष र सरल ढंगले निर्वाचन सम्पन्न हुनेगरी निर्वाचन सम्बन्धी कानूनलाई संशोधन गर्नुपर्ने बताउनु भयो ।

सांसद थापाले संसद जारी रहेको उल्लेख गर्दै चालु संसदबाटै फास्टट्रयाकमा कानून संशोधन गर्न सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नुभयो – ‘गणतन्त्रलाई बलियो बनाउनका लागि निर्वाचन प्रणालीमा गर्नुपर्ने सुधारका लागि किन दलहरु गम्भिर बन्न सकिरहेका छैनन् । संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयतालाई संस्थागत गर्न, बलियो बनाउनको लागि वर्तमानमा देखिएको निर्वाचन प्रणालीमा सुधार गर्न जरुरी छ । म सरकारलाई भन्न चाहन्छु निर्वाचनको मिति घोषणा भइसकेको छ । संघीय संसद चालु रहेको अवस्था छ । अरु विषयमा फाष्टट्रयाकबाट थुप्रै विधेयकहरु पास गरिरहेका छौँ । यो विषय निर्वाचन सम्बन्धी कानून हामीले परिवर्तन गर्नु जरुरी छ । संशोधन गर्न जरुरी छ । म सरकारलाई यो विषयमा संवेदनशील हुनलाई संसद जारी रहेको अवस्थामा फास्टट्रयाकबाट निर्वाचन कानून संशोधन गरेर स्वच्छ, निष्पक्ष, सस्तो, सरल ढंगबाट निर्वाचनलाई सम्पन्न गर्नेतिर सरकार संवेदनशील बन्न, दल संवेदनशील बन्नको लागि पनि म आग्रह गर्न चाहन्छु ।’

उहाँले निर्वाचनमा विद्युतीय मतदान प्रणाली लागु गर्न निर्वाचन आयोगलाई आग्रह गर्नुभयो । भयरहित रुपमा निर्वाचन सम्पन्न गराउने गरी प्रवन्ध मिलाउन उहाँले आयोगको ध्यानाकर्षण गराउनु भयो । सांसद थापाले भारतमा इन्धनको मूल्य घटेको भन्दै नेपालमा पनि इन्धनको मूल्य घटाउन सरकार समक्ष माग गर्नुभयो ।