१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट घोषणाविपरीत असमान ढंगले तलब बढेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित



अ+ अ-

काठमाडौँ । सरकारले असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका छन् । बजेट घोषणाविपरीत सरकारले असमान ढंगले तलब वृद्धि गरेको उनीहरुको आरोप छ ।

आन्दोलनका कार्यक्रमअनुसार भोलि मंगलबार नायब सुब्बा ९नासु० कर्मचारीले बिदामा बस्ने घोषणा गरेका छन् । निजामती कर्मचारी युनियनका अनुसार मुलुकभरका नासु कर्मचारीले भोलि बिदामा बस्ने निर्णय गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको हलमा भएको नासु कर्मचारीहरुको भेलाले आज ‘पेन डाउन’ गर्ने र भोलि देशभरका नासु बिदामा बस्ने तथा अर्थमन्त्री, सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री, मुख्यसचिव, अर्थ सचिव र सामान्य मन्त्रालयका सचिवलाई तल्लो कर्मचारीहरुको मागका विषयमा एसएमएस गर्ने निर्णय गरेको छ । भेलाले थप आन्दोलनका कार्यक्रम भोलि नै तय गर्ने पनि निर्णय गरेको छ ।

तल्लो तहका कर्मचारीहरुले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक÷अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन् ।