९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप



फाईल फोटो
अ+ अ-

काठमाडौँ । निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपसिंह विष्टमाथि युवतीहरुलाई दुर्व्यहार गरेको आरोप लागेको छ । दिलीपमाथि बाटोमा हिँड्ने किशोरी तथा युवतीहरुमाथि जिस्काउ थालेको आरोप लगाइएको छ ।

निर्मला पन्त मृत भेटिएको क्षेत्रमा पर्ने भगतपुर ब्यारेक–उल्टाखाम सडकखण्डमा हिँड्ने किशोरी र युवतीलाई दिलीपले जिस्काउन थालेको गुनासो आएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बाटोमा हिँड्ने क्रममा प्लस टुमा अध्ययनरत युवतीलाई दिलीपले जिस्काएको गुनासो आएको र सो विषयमा अनुसन्धान भइरहेको छ ।

चार वर्षअघि कञ्चनपुरमा निर्मला पन्त हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । पन्त घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । निर्मलाको हत्यको २५ दिनपछि प्रहरीले दिलीपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । उनी भीमदत्त नगरपालिका–२ का बासिन्दा हुन् । तर त्यसको दुई दिनपछि भदौ २६ मा हत्यामा उनको संलग्नता पुष्टि गर्ने ठोस प्रमाण नभएको र डीएनए समेत नमिलेको भन्दै जिल्ला अदालतले उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।