५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोपोन्मुख प्रजातिका माछा पाइन थाले



अ+ अ-

गोदावरी । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड जलाधार क्षेत्रमा लोपोन्मुख प्रजातिका माछा पाइन थालेका छन् । ठूलीगाड नदीमा गैरकानूनीरूपमा माछा मार्न प्रतिबन्ध लगाइएपछि पछिल्लो समय लोपोन्मुख प्रजातिको सहर माछा पाइन थालेको हो ।

सहर माछा प्रति किलो रु एक हजार ८०० मा बिक्री हुँदै आएको चुरे गाउँपालिका–३ का हिक्मत भाटले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षायाममा ठूलीगाड जलाधार क्षेत्रमा पानीको बहाब बढेसँगै सहर माछा पाइन थालेको हो । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड कर्णाली नदीमा गएर मिसिन्छ । कर्णाली नदीमा जलस्तर बढेपछि ठूलीगाड जलाधार क्षेत्रमा लोपोन्मुख प्रजातिका माछासँगै अन्य प्रजातिका माछा पाइने गरेको सहजपुरका व्यवसायी ललित शाहले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले ठूलीगाडमा पाइने सहर माछा सबैभन्दा महँगोमा बिक्री हुँदै आएको छ भने अन्य प्रजातिका माछा प्रति किलो रु चार सयमा बिक्री हुने गरेको छ ।

सहर माछा लोपोन्मुख हुनाका साथै खान मीठो हुने भएकाले महँगोमा बिक्री भइरहेको स्थानीयवासी बताउँछन् । उक्त जलाधार क्षेत्रमा वर्षायाममा माछाका २७ प्रजाति र १६ जल वनस्पति रहेकामा तीमध्ये सहर, जेब्रा, बुचे असला,सोल, चुच्चे र राजावाम रैथाने प्रजातिका माछा पाइने गरेको अर्का स्थानीयवासी हुकुम बोहराले जानकारी दिनुभयो ।

जलीय जैविक विविधता संरक्षण गर्न चार वर्ष अघिदेखि कैलालीका दुई र डोटीका दुई स्थानीय तहले ठूलीगाड जलाधार क्षेत्रमा जथाभावी रूपमा माछा मार्न प्रतिवन्ध लगाएका थिए । कैलालीको चुरे र मोहन्याल तथा डोटीको जोरायल र बडीकेदार गाउँपालिकाले जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याई जलीय जैविक विविधता संरक्षण गर्दै आएकाले विभिन्न लोपोन्मुख माछाका प्रजातिसँगै अन्य माछाको संख्या बृद्धि भएको स्थानीयवासीको भनाइ छ ।

ठूलीगाड जलाधार क्षेत्र तथा अन्य सहायक खोलामा बम विष्फोटनका साथै विषादी र करेन्ट प्रयोग गरी माछा मार्ने गरिएकामा त्यस्तो कार्य गर्न प्रतिबन्ध लगाइएकाले अहिले त्यहाँ माछाको संख्या बढेको जनाइन्छ । स्थानीय तहले छुट्टै कानुन बनाएर स्थानीय नदी तथा खोलामा गैरकानूनीरूपमा माछा मार्न बन्द गराउनुका साथै कानूनविपरीत काम गर्ने जोकोहीलाई कारबाही गर्दै आएको छ । डोटी र कैलाली जिल्लालाई छुट्याउने उक्त जलाधारको जलनिकास घनत्व नौ सय ३५ मिटर क्युबिक किमी र जलाधारको क्षेत्रफल ८५० क्युबिक किमी रहेको बताइन्छ ।




भर्खरै