८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

लोपोन्मुख प्रजातिका माछा पाइन थाले

लोपोन्मुख प्रजातिका माछा पाइन थाले
अ अ+ अ-

गोदावरी । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड जलाधार क्षेत्रमा लोपोन्मुख प्रजातिका माछा पाइन थालेका छन् । ठूलीगाड नदीमा गैरकानूनीरूपमा माछा मार्न प्रतिबन्ध लगाइएपछि पछिल्लो समय लोपोन्मुख प्रजातिको सहर माछा पाइन थालेको हो ।

सहर माछा प्रति किलो रु एक हजार ८०० मा बिक्री हुँदै आएको चुरे गाउँपालिका–३ का हिक्मत भाटले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षायाममा ठूलीगाड जलाधार क्षेत्रमा पानीको बहाब बढेसँगै सहर माछा पाइन थालेको हो । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड कर्णाली नदीमा गएर मिसिन्छ । कर्णाली नदीमा जलस्तर बढेपछि ठूलीगाड जलाधार क्षेत्रमा लोपोन्मुख प्रजातिका माछासँगै अन्य प्रजातिका माछा पाइने गरेको सहजपुरका व्यवसायी ललित शाहले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले ठूलीगाडमा पाइने सहर माछा सबैभन्दा महँगोमा बिक्री हुँदै आएको छ भने अन्य प्रजातिका माछा प्रति किलो रु चार सयमा बिक्री हुने गरेको छ ।

सहर माछा लोपोन्मुख हुनाका साथै खान मीठो हुने भएकाले महँगोमा बिक्री भइरहेको स्थानीयवासी बताउँछन् । उक्त जलाधार क्षेत्रमा वर्षायाममा माछाका २७ प्रजाति र १६ जल वनस्पति रहेकामा तीमध्ये सहर, जेब्रा, बुचे असला,सोल, चुच्चे र राजावाम रैथाने प्रजातिका माछा पाइने गरेको अर्का स्थानीयवासी हुकुम बोहराले जानकारी दिनुभयो ।

जलीय जैविक विविधता संरक्षण गर्न चार वर्ष अघिदेखि कैलालीका दुई र डोटीका दुई स्थानीय तहले ठूलीगाड जलाधार क्षेत्रमा जथाभावी रूपमा माछा मार्न प्रतिवन्ध लगाएका थिए । कैलालीको चुरे र मोहन्याल तथा डोटीको जोरायल र बडीकेदार गाउँपालिकाले जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याई जलीय जैविक विविधता संरक्षण गर्दै आएकाले विभिन्न लोपोन्मुख माछाका प्रजातिसँगै अन्य माछाको संख्या बृद्धि भएको स्थानीयवासीको भनाइ छ ।

ठूलीगाड जलाधार क्षेत्र तथा अन्य सहायक खोलामा बम विष्फोटनका साथै विषादी र करेन्ट प्रयोग गरी माछा मार्ने गरिएकामा त्यस्तो कार्य गर्न प्रतिबन्ध लगाइएकाले अहिले त्यहाँ माछाको संख्या बढेको जनाइन्छ । स्थानीय तहले छुट्टै कानुन बनाएर स्थानीय नदी तथा खोलामा गैरकानूनीरूपमा माछा मार्न बन्द गराउनुका साथै कानूनविपरीत काम गर्ने जोकोहीलाई कारबाही गर्दै आएको छ । डोटी र कैलाली जिल्लालाई छुट्याउने उक्त जलाधारको जलनिकास घनत्व नौ सय ३५ मिटर क्युबिक किमी र जलाधारको क्षेत्रफल ८५० क्युबिक किमी रहेको बताइन्छ ।