• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस्

बैतडीमा मतदाताको सङ्ख्या एक लाख ५१ हजार पुग्यो



बैतडी । बैतडीमा दुई हजार आठ सय आठ नयाँ मतदाता थपिएका छन् । गत असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा ती मतदाता थपिएकाहुन् ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय हाटमा गरी तीन स्थानमा नामावली संकलनको काम थालिएको थियो । जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीका अनुसार जिल्ला प्रशासन कार्यालय एक हजार आठ सय २९, जिल्ला निर्वाचन कार्यालय दुई सय ९० र इलाका प्रशासन कार्यालय हाटमा छ सय ८९ नयाँ मतदाता थपिएका हुन् । यसका साथै आठ बाहिरका मतदाताले पनि नाम दर्ता गराएका छन् ।

योसँगै जिल्लामा मतदाताको सङ्ख्या एक लाख ५१ हजार चार सय १४ पुगेकोछ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बैतडीमा एक लाख ४८ हजार छ सय छ मतदाता रहेका थिए । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले सक्नेछन् । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता नागरिकता प्राप्त गरेसँगै १६ वर्षमा हुने भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलले जानकारी दिनुभयो ।

सरकारले मङ्सिर ४ मा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।