काठमाडौं । वागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनाल नवगठित नेकपा (एकीकृत समाजवादी) मा खुलेका छन् ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री बनेकै दिन मन्त्री बनाउँदै नेपाल पक्षमा जानबाट रोकेकी थिइन् ।
तर, मन्त्री खनालले आज निर्वाचन आयोगको प्रदेश निर्वाचन कार्यालयमा गएर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
उनीसँगै एकीकृत समाजवादीको पक्षमा एमालेका १२ सांसदले सनाखत गरेका छन् ।











