६ आश्विन २०८१, आईतवार
,
Latest
सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन



अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणीस्थित मछेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पु¥याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ । नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको हो ।

“जनताको तटबन्ध कार्यालयले केही वर्षअघि निर्माण गरेको तटबन्ध बाढीको पानीले भत्काउन थालेपछि जोगाउनका लागि नदीको धार परिवर्तनमा लागेका छौँ”, वडाध्यक्ष अर्जुनबहादुर साउदले भन्नुभयो, “नगरपालिकाले उपलव्ध गराएका दुई वटा स्काभेटरको सहायताले धार परिवर्तनका लागि कार्य अगाडि बढाइएको छ ।” नदीको बाढी बस्तीमा छिरेमा निकै ठूलो धनजनको क्षति हुनसक्ने सम्भावनालाई मध्यजनगर गरी धार परिवर्तन गरी सम्भावित जोखिमलाई न्यूनीकरणमा जुटेको उहाँले बताउनुभयो ।

“वर्षा हुने क्रम जारी रहेकाले जुनसुकै बेला पनि नदीमा ठूलो बाढी आउन सक्छ । जोखिम निम्त्याउन सक्छ । बाढी आउनअगावै बस्तीलाई सुरक्षित गर्नमा बिहानैदेखि जुटेको छु”, उहाँले भन्नुभयो । नदीको धार परिवर्तन गरेपछि यस क्षेत्रका तीन सय बढी परिवार सुरक्षित हुने उहाँको भनाइ रहेको छ । महाभारत पर्वत भएर बग्ने मछेली नदी महाकाली पछिको यस क्षेत्रको ठूलो नदी हो ।

यस नदीले बर्सेनि तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाको उब्जाउ जग्गा कटान गर्नुको साथै बाढी बस्तीमा छिरेर डुबानमा समेत पार्ने गरेको छ ।

यसैबीच, बेदकोट नगरपालिका–४ स्थित सार्की पार्की गाउँका बासिन्दालाई चौधर नदीको जोखिमबाट जोगाउनका लागि सशस्त्र प्रहरीले अस्थायी तटबन्ध निर्माणको कार्य सुरु गरेको छ । सशस्त्र प्रहरी बल शैलेश्वरी गणबाट परिचालित जवानहरुले सो गाउँ जोगाउनका लागि प्लाष्टिकको बोरामा बालुवा भरेर अस्थायी तटबन्ध निर्माणको कार्य अगाडि बढाएका छन ।

साउन १८ गते नदीमा आएको बाढीले क्रिसन भुलको परिवारलाई विस्थापनमा पारेको थियोे । तीव्ररुपमा जग्गा कटानी हुन थालेपछि तटीय क्षेत्रका नौ परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । सम्भावित जोखिमलाई मध्यनगर गरी जनताको तटबन्ध कार्यालयबाट प्राप्त भएका एक हजार पाँच सय बोरामा बालुवा भरेर प्लाष्टिकको जालमा राखेर अस्थायी तटबन्ध निर्माणको कार्य भइरहेको स्थानिय राजुराम भुलले बताउनुभयो । “तत्कालका लागि अस्थायी तटबन्ध निर्माणले जोगाउने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यसपछि स्थायी तटबन्धका लागि सम्बन्धित निकायलाई गुहार्छौं ।”