८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन

बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन
अ अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वाणीस्थित मछेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पु¥याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ । नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको हो ।

“जनताको तटबन्ध कार्यालयले केही वर्षअघि निर्माण गरेको तटबन्ध बाढीको पानीले भत्काउन थालेपछि जोगाउनका लागि नदीको धार परिवर्तनमा लागेका छौँ”, वडाध्यक्ष अर्जुनबहादुर साउदले भन्नुभयो, “नगरपालिकाले उपलव्ध गराएका दुई वटा स्काभेटरको सहायताले धार परिवर्तनका लागि कार्य अगाडि बढाइएको छ ।” नदीको बाढी बस्तीमा छिरेमा निकै ठूलो धनजनको क्षति हुनसक्ने सम्भावनालाई मध्यजनगर गरी धार परिवर्तन गरी सम्भावित जोखिमलाई न्यूनीकरणमा जुटेको उहाँले बताउनुभयो ।

“वर्षा हुने क्रम जारी रहेकाले जुनसुकै बेला पनि नदीमा ठूलो बाढी आउन सक्छ । जोखिम निम्त्याउन सक्छ । बाढी आउनअगावै बस्तीलाई सुरक्षित गर्नमा बिहानैदेखि जुटेको छु”, उहाँले भन्नुभयो । नदीको धार परिवर्तन गरेपछि यस क्षेत्रका तीन सय बढी परिवार सुरक्षित हुने उहाँको भनाइ रहेको छ । महाभारत पर्वत भएर बग्ने मछेली नदी महाकाली पछिको यस क्षेत्रको ठूलो नदी हो ।

यस नदीले बर्सेनि तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाको उब्जाउ जग्गा कटान गर्नुको साथै बाढी बस्तीमा छिरेर डुबानमा समेत पार्ने गरेको छ ।

यसैबीच, बेदकोट नगरपालिका–४ स्थित सार्की पार्की गाउँका बासिन्दालाई चौधर नदीको जोखिमबाट जोगाउनका लागि सशस्त्र प्रहरीले अस्थायी तटबन्ध निर्माणको कार्य सुरु गरेको छ । सशस्त्र प्रहरी बल शैलेश्वरी गणबाट परिचालित जवानहरुले सो गाउँ जोगाउनका लागि प्लाष्टिकको बोरामा बालुवा भरेर अस्थायी तटबन्ध निर्माणको कार्य अगाडि बढाएका छन ।

साउन १८ गते नदीमा आएको बाढीले क्रिसन भुलको परिवारलाई विस्थापनमा पारेको थियोे । तीव्ररुपमा जग्गा कटानी हुन थालेपछि तटीय क्षेत्रका नौ परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । सम्भावित जोखिमलाई मध्यनगर गरी जनताको तटबन्ध कार्यालयबाट प्राप्त भएका एक हजार पाँच सय बोरामा बालुवा भरेर प्लाष्टिकको जालमा राखेर अस्थायी तटबन्ध निर्माणको कार्य भइरहेको स्थानिय राजुराम भुलले बताउनुभयो । “तत्कालका लागि अस्थायी तटबन्ध निर्माणले जोगाउने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यसपछि स्थायी तटबन्धका लागि सम्बन्धित निकायलाई गुहार्छौं ।”