८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

चोरीका चार मोटरसाइलसहित छ पक्राउ

चोरीका चार मोटरसाइलसहित छ पक्राउ
अ अ+ अ-

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले मोटरसाइकल चोरीमा संलग्न छ जनालाई पक्राउ गरेको छ । यहाँबाट हराएका चार मोटरसाइलसहित उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो । रातको समयमा पार्किङ गरेको ठाउँबाट चोरी गरेर बाहिरका जिल्लामा लैजाने गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

प्रहरीले गत असार १० गते भोजपुरको पौवादुङमा गाउँपालिका श्यामशिलाका राजेन्द्र तामाङको चोरी भएको मोटरसाइलसहित खाँदबारी नगरपालिका–१० बस्ने २६ वर्षीय निराजन गौतम र २५ वर्षीय टीकाराम तिवारीलाई पक्राउ गरेको हो ।

त्यस्तै असार २३ गते अरुण गाउँपालिकाबाट हराएको फत्तसिं राईको मोटरसाइलसहित सङ्खुवासभाको पाँचखपन नगरपालिका–२ का २३ वर्षीय रविकिरण राईलाई पक्राउ गरेको हो । त्यसैगरी जेठ ८ गते भोजपुरको देउरालीबाट स्थानीय बालम राईको चोरी भएको मोटरसाइकलसहित सङ्खुवासभाको खाँदबारी नगरपालिका–७ बस्ने २५ वर्षीय मौसम तामाङ र सभापोखरी गाउँपालिका–३ का २८ वर्षीय उपेन्द्र तामाङ पक्राउ परेका हुन् । त्यस्तै भोजपुर बजारमा पार्किङ गरेको ठाउँबाट गिरेन्द्र खड्काको मोटरसाइल चोरी गर्ने खाँदबारी नगरपालिका–१ का ४० वर्षीय रोहितमान राईलाई प्रहरीले सार्वजनिक गरेको छ ।

उनीहरूले सङ्खुवासभाका दुर्गम ठाउँमा लगेर नम्बरप्लेट तथा पार्टपुर्जा परिवर्तन गरेर मोटरसाइकल चलाएको पाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिनुभयो । चोरीका मोटरसाइल रु २५ हजारदेखि रु ७० हजारसम्ममा बिक्री गरेको पाइएको उहाँको भनाइ छ ।

प्रहरीले मोटरसाइल किन्ने तथा पूर्जा परिवर्तनमा सहयोग गर्ने ग्यारेजवालालाई समेत नियन्त्रणमा लिएको छ । चोरीको योजना बनाउने मुख्य योजनकार बमबहादुर न्यौपानेलाई इटहरीबाट पक्राउ गरी भोजपुर ल्याउने तयारी भइरहेको प्रमुख राईको भनाइ छ ।

प्रमुख राईले भन्नुभयो, “केही समयदेखि यहाँ मोटरसाइल चोरीको आतङ्क नै बढेको थियो । प्रहरीले यसको सूक्ष्म ढङ्गले अनुुसन्धान गरेर पक्राउ गर्न सफल भएको छ । केहीलाई नियन्त्रणमा लिएका छौँ । उनीहरुको बयानका आधार यसमा संलग्न अरुको पनि खोजी गर्छौँ ।”

पक्राउ परेकामध्ये कतिपय यसअघि पनि मोटरसाइल चोरीमा पक्राउ परिसकेका पनि प्रमुख राईको भनाइ छ । उनीहरूले रातको समय प्रहरीको आँखा छल्नका लागि चोरबाटो प्रयोग गरेको पाइएको प्रहरीको भनाइ छ । उनीहरुलाई चोरी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

त्यस्तै प्रहरीले यो आर्थिक वर्षमा मुद्दामा १२ प्रतिशतले कमी ल्याएको जनाएको छ । प्रहरीले छ सय १४ रोपनीमा लगाएको तथा आफैँ उम्रेको लागुऔषध गाँजा नष्ट गरेको छ । विभिन्न मुद्दामा जिल्ला अदालतबाट कैद फैसला भएर फरार रहेका आठ जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । प्रहरीले तीन ठाउँमा प्रहरी चौकी निर्माणका लागि प्रहरीको नाममा जग्गा पास गर्न सफल भएको जनाइएको छ । त्यस्तै जरिवानावापत रु १८ लाख राजस्व सङ्कलन गर्न सफल भएको देखिएको छ ।