२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.39

Wind: 1.03

Humidity: 82

Latest
रवि विरुद्धको मुद्दामा कागजात स्क्यानिङ गरी अपलोड गर्न अदालतको आदेश ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘ललितकला मेला– २०८२’ सुरु आईपीयूमा नेपालका दुई सांसदले जिम्मेवारी पाउनु महत्त्वपूर्ण सफलता आत्मसमीक्षासहित देशको स्थिति बुझाउन जागरण अभियान सफल भइरहेको छः अध्यक्ष दाहाल ‘केपी ओली कप’ राष्ट्रिय क्रिकेट : अत्तरिया र मालपोखरी विजयी कांग्रेस नेता ज्ञवालीको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त थरीथरीका चौँरी हेर्दै रमाए पर्यटक सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो-राजकुमार शर्मा अन्तरराष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि गभर्नर नियुक्ति मापदण्डमा अल्पकालिन अन्तरिम आदेश जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीका कारण उदयपुरको बेलकाबासी पुनः विस्थापित



file photo
अ+ अ-

उदयपुर । उदयपुर जिल्लाको बेलका नगरपालिकामा शनिबार बेलुकी पुनः वर्षाले सप्तकोसी नदी र स्थानीय खहरे खोलामा बाढी आउँदा बाँकी रहेका केही र फर्केर आएका पनि पुनः विस्थापित भएका छन् ।

नगरपालिकाका अनुसार शनिवार पूर्वी पहाडी क्षेत्र र उदयपुर क्षेत्रमा आएको वर्षाका कारण सप्तकोसीमा पुनःबाढी आएपछि वडानं स्थित २ बानडाँडा क्षेत्रका केही बासिन्दा विस्थापित भएका हुन् । यस्तै वडा नं १ को तपेश्वरी, आम्बासी, पुरनदहका खोलामा आएको बाढी गाउँमा प्रवेश गर्दा शनिबार सो क्षेत्रका बासिन्दा गाउँ छाडेर सुरक्षितस्थलतर्फ गएको नगरपालिकाकी उपप्रमुख जीरा राईले बताउनुभयो ।

गत शनिबार पूर्वी पहाडी क्षेत्रमा आएको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढेपछि बानडाँडा र सातपत्रेका बासिन्दा केही दिनअघि विस्थापित भएर घर फर्किआएकामा पुनः विस्थापित भएर अन्य सुरक्षितस्थलतर्फ गएको बेलका– २ का प्रकाश कार्कीले बताउनुभयो ।यस्तै पुरनदह, खारखोला तथा आम्बासी खोला र अन्य स्थानीय खोलामा आएको बाढी गाउँमा प्रवेश गर्न थालेपछि शनिबार बेलुकी नै झण्डै सो क्षेत्रका पाँचसय घरपरिवार सुरक्षितस्थलतर्फ गएको आम्बासीका देवराज थापाले बताउनुभयो ।

शनिबार भीषण वर्षाका कारण स्थानीय खोलामा बाढी आएर विस्थापित भएकाको तथ्याङ्क आज बिहानैदेखि सङ्कलन सुरु गरिएको नगरपालिकाले जनाएको छ । विस्थापित भएकाहरु कहाँ कुन स्थानमा सुरक्षित रहेका छन् भन्ने कुरा पत्ता लगाएपछि उनीहरुलाई उद्धार गरेर राहत वितरण गरिने नगरप्रमुख अशोक कार्कीले बताउनुभयो ।

नगरपालिकाले शनिबार विस्थापित भएकाको तथ्याङक सङ्कलन सुर गरे पनि स्थानीयवासीका अनुसार शनिबार आएको खहरे खोला तथा स्थानीय खोलाको बाढी गाउँमा प्रवेश गरेपछि आम्बासी, पुरनदह र तपेश्वरी क्षेत्रबाट पाँच सय घरपरिवार विस्थापित भएको आम्बासीका कुमार कार्कीले बताउनुभयो । यता बानडाँडा र सातपत्रे क्षेत्रमा केही दिन अघिमात्र कोसीको बाढी गाउँमा प्रवेश गर्न थालेपछि विस्थापित भएर पुनः गाउँ फर्किकामध्ये शनिबार झण्डै ५० घरपरिवार पुनः विस्थास्थापित भएको स्थानीयवासीले बताए । सप्तकोसी नदीको बहाव बढेर गाउँमा पुनः प्रवेश गर्दा हालसम्म दुईहजार ५०० भन्दा बढी स्थानीयवासी विस्थापित भएकामा अहिले मौसममा सुधार भएपछि धेरै गाउँ फर्कन थालेकामा शनिबार भीषण वर्षापछि आएको बाढीका कारण पुनः केही स्थानीयवासी गाउँ छाडेर विस्थापित हुन पुगेका छन् । उनीहरुको चाँडो भन्दा चाँडो उद्धार गरिने नगरपालिकाले बताएको छ ।

शनिबार पूर्वी पहाडी क्षेत्रमा भीषण वर्षा भएपछि सप्तकोसी नदीमा पानीको बहाव ह्वात्तै बढ्न पुगेका कारण कोसी टप्पु क्षेत्रमा त्रास पैदा भएर धेरैजसो बेलुकिनै गाउँ छाडेर अन्यत्र गएको नगरपालिकाले जनाएकोे छ ।पानीको बहाव ह्वात्तै बढेपछि सप्तकोसी नदीस्थित सप्तकोसी पुलको ३३ वटा ढोका खोलिएको र बेलका क्षेत्रमा पनि सेना, प्रहरीले स्थानीय जनतालाई सचेत गराएको नगरपालिकाले बताएको छ ।