८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

काठमाडौं विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच सम्झौता

काठमाडौं विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच सम्झौता
अ अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विदेशी पर्यटकको पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताउनुभएको छ । आईतवार पर्यटन मन्त्रालयमा काठमाडौं विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच भएको सम्झौता कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो नेपालमा पर्यटकको संख्या बढाउँदै विदेशीको लागि पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले सरकारले नेपालको प्रकृति,संस्कृति र एडभान्चरसँग जोडिएका विषयमा केन्द्रित भएर पर्यटन विकास गरी विश्वका पर्यटकलाई आकर्षित गर्ने बताउनु भयो । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रका ब्राण्डिङहरुलाई रिब्राण्डिङ गर्ने बताउनु भयो । उहाँले यसरी पर्यटन क्षेत्रको विकास गर्दा पर्यटकका संख्यामा वृद्धि हुने अपेक्षा गरेको बताउनु भयो । मन्त्री श्रेष्ठले नेपालमा अत्याधिक रुपमा पर्यटकको संख्या वृद्धि भए अहिलेको जनशक्तिले नधान्ने भन्दै यसमा वृद्धि गर्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपालमा पर्यटनहरुको संख्यालाई वृद्धि गर्ने, संसारका पर्यटकहरुको गन्तव्यको रुपमा नेपाललाई बनाउने सरकारले लक्ष्य लिएको छ । हाम्रो प्रकृतिसँग जाडिएका कुराहरु,संस्कृतिसँग जोडिएका र एडभान्चरसँग जाडिएका कुराहरुलाई केन्द्रित गरेर नेपालको पर्यटन क्षेत्रलाई विकास गरेर विश्वका पर्यटकलाई आकर्षित गर्नुपर्छ । पर्यटन क्षेत्रका ब्राण्डिङहरुलाई रिब्राण्डिङ गर्नुपर्छ । यसरी पर्यटन क्षेत्रको विकास गर्दा पर्यटकको धेरै संख्याको अपेक्षा गरेका छौं । पर्यटकको संख्यामा वृद्धि हुने हो भने हामीसँग भएको जनशक्तिले पुग्दैनन् । अहिले नेपालमा उत्पादन भएका जनशक्तिहरु अन्तराष्ट्रिय बजारमा गएको स्थिति छ । त्यसले पनि अभाव महशुस गरेको छ । पर्यटन क्षेत्रको विकास हुँदा आवश्यक पर्ने वस्तु तथा सेवाको परिपूर्ति गर्नुपर्ने आवश्यकता छ ।’

मन्त्री श्रेष्ठले नेपालमा आएका पर्यटकका लागि पर्यटकको देश अनुसारकै खाना बनाउनुपर्छ भन्ने मान्यताको अत्य गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली खानामा पनि धेरै विविधता, मौलिकता र पौष्टिकता रहेकाले पर्यटकहरुलाई नेपाली खाना खुवाउने सोच राख्नुपर्ने बताउनु भयो । मन्त्री श्रेष्ठले नेपाली मौलिक तथा परम्परागत खाना विश्वका अन्य मुलुकको भन्दा कमी नभएको दाबी गर्नुभयो । उहाँले नेपालको मौलिकतालाई पहिचान दिने गरी होटल व्यवस्थापनको क्षेत्रलाई विकास गरी नेपालको छुट्टै पहिचान बनाउन सकिने बताउनु भयो । मन्त्री श्रेष्ठले अहिलेसम्म नेपाललाई सगरमाथा,गौतम बुद्ध जन्मभूमिको रुपमा प्रचार गरिएको भन्दै अब हस्पिटालिटी क्षेत्रको पनि प्रचार गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपालको पर्यटन व्यवसायको मान्यता कस्तो छ भने कोरियन पर्यटक आउँदा कोरियन खाना,जापानीज आउँदा जापनीज खाना तयार गरेर बस्नुपर्ने खालको छ । अब कोरियन आउँदा नेपाली खाना बनाएर खुवाउँ भन्ने सोचबाट जानसक्ने की नसक्ने? नेपाली खानामा पनि धेरै विविधता, मौलिकता र पौष्टिकता समेत छ । यस्ता कुराहरुलाई अनुसन्धान गरेर त्यस्ता कुराहरु ल्याउने हो भने कुनै पनि देशमा पौष्टिक आहार हाइजिनिक भन्ने भन्दा कुनै मानेमा पनि कमी छैन । हाम्रा तिथि र पर्व अनुसार खानाका परिकारहरु छन् । यस्तो कुराहरुमा पनि हामीले अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिन्छ । हामीले हाम्रो मौलिकतालाई पहिचान दिनेगरी हाम्रो हस्पिटालिटी क्षेत्रलाई कसरी विकास गर्ने अनुसन्धानको विषय बन्छ । यसरी जानसके नेपालको छुट्टै पहिचान छ । नेपालले सगरमाथा,गौतम बुद्ध जन्मभूमिको रुपमा गरेका छौं ।’

त्यस्तै कार्यक्रममा काठमाडौं विश्व विद्यालयका उपकुलपति डा.भोला थापाले नेपालले स्वीस,अष्ट्रियन हस्पिटालिटी भन्दा पनि नेपाली हस्पिटालिटी खोजेको बताउनु भयो । उहाँले नेपालले पूर्वीय आथित्यतालाई विश्वामा पु¥याउन सक्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । डा.थापाले सरकार सानासाना कार्यक्रममा अल्झेर बस्नुभन्दा पनि ठूला अनुसन्धानका कार्यक्रम अगाडि बढाउनु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हामी स्वीस हस्पिटालिटी बनाउँछौं भनेका छौं । अष्ट्रियन हस्पिटालिटी भन्नेकुरा आए । हामीले त्यो खोजेको छैन । नेपाली हस्पिटालिटी, अथवा पूर्वीय आथित्यतालाई संसारमा पु¥याउनु प¥यो । अबको हाम्रो लक्ष्य भनेको त्यो हो । अहिले हामीले आवश्यकता पूरा गर्नको लागि स्नातक प्रोग्राममा कार्यक्रम सञ्चालन गर्दैछौं । हामी साना योजनामा अल्झेर बस्ने होइन अनुसन्धानको स्नाकोत्तर प्रोग्राममा अगाडि बढ्यौं । नेपालभर भएका सबै हस्पिटालिटिलाई नियमन गरी त्यस्ता कलेजहरुलाई जनशक्ति दिनुपर्छ । त्यसरी विश्वमा नै होटल व्यवस्थापनको क्षेत्रमा नेतृत्व लिनुपर्छ । दक्ष जनशक्ति उत्पादन गरेर विश्वका अन्य मुलुकहरुमा जागिर खान पठाउने विषयलाई परिवर्तन गरौं ।’

उहाँले नेपालले विश्वमा नै होटल व्यवस्थापनको क्षेत्रमा नेतृत्व लिनुपर्ने बताउनु भयो । उहाँले नेपालले दक्ष जनशक्ति उत्पादन गरेर विश्वका अन्य मुलुकहरुमा जागिर खान पठाउने परम्पराको अन्त्य गर्नुपर्ने बताउनु भयो । पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्ययक दक्ष जनशक्ति उत्पादनका लागि सहकार्य गर्ने काठमाडौं विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच सम्झौता भएको छ ।