२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता निधि र मध्यप्रदेशका मुख्यमन्त्री चौहानबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानबीच भेटघाट भएको छ ।

मध्यप्रदेशको राजधानी भोपालस्थित मुख्यमन्त्रीको कार्यालय बल्लभ भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन एवं आर्थिक विकासको सहयोगका विषयमा कुराकानी भएको थियो । सोह्र वर्षदेखि मध्यप्रदेशको मुख्यमन्त्री रहेका चौहानलाई कांग्रेस नेता निधिले नेपालको काठमाडौँ, जनकपुर र लुम्बिनी भ्रमणको निम्तो दिनुभएको छ । जवाफमा उहाँले निकट भविष्यमै नेपाल भ्रमण गर्ने बताउनुभएको पूर्वउपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।

नेता निधि र राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) का महामन्त्री दत्तात्रेय होसबोलेबीच पनि भेटघाट भएको छ । मध्यप्रदेशको राजधानी भोपालको साकेत नगरस्थित वैद्य प्रदीप त्रिपाठीको निवासमा भएको एक घण्टा लामो भेटमा नेता निधि र होसबोलेबीच अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा कुराकानी भएको थियो ।

महामन्त्री होसबोले सत्तारुढ भारतीय जनता पार्टीको भ्रातृ सङ्गठन अखिल भारतीय विद्यार्थी परिषद्को महामन्त्री भएर काम गरिसक्नुभएको छ । इन्दिरा गान्धीको शासनकालमा भारतमा सङ्कटकाल जारी हुँदा उहाँ १६ महिना जेल बस्नुभएको थियो ।