४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

“सम्झनामा राजबहादुर सिह” कृति लोकार्पण



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव एवं अन्तर्राष्ट्रिय फुटबल टिमका पहिलो क्याप्टेन राजबहादुर सिह ९आर। बी। राजा०को सम्झनामा प्रकाशित ‘सम्झनामा राजबहादुर सिह’ कृतिको बिमोचन गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद, सातदोबाटोमा सनिबार आयोजित लखेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले कृतिको लोकार्पण समारोह गर्नु भयो । राजबहादुर सिह (आर. बी. राजा)की श्रीमती गुन्जनकी सस्थापक अध्यक्ष तथा साहित्यिक पत्रकार संघकी सचिव वरिष्ठ आख्यानकार पद्मावती सिहको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा राजबहादुर सिहको तीस मिनेट लामो वृतचित्र पनि प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा मन्त्री महेश्वरजङ्ग गहतराज ,अध्यक्ष पद्मावती सिह, फुटबलर्स मिसन टुगेदरका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, नेपाल क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डे, वरिष्ठ फुटबल खेलाडी मोहन पाण्डे, प्रा। हेमन्त राणा, पूर्व फुटबल खेलाडी विष्णु बराल, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, आर। बी। राजाका कान्छा छोरा आशिष सिहलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

यसैगरी सोही कार्यक्रममा आर. बी. राजाकी छोरी अन्ना सिहले बुबाप्रतिको श्रद्धाञ्जली कविता वाचन गर्नु भएको थियो । ‘सम्झनामा राजबहादुर सिह’ कृतिको सम्पादन वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले गर्नु भएको छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल प्रज्ञा प्रतिष्ठानकी आख्या विभाग प्रमुख वरिष्ठ आख्यानकार माया ठकुरी, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठ, गुन्जनकी निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठक, वरिष्ठ धावक एवं प्रसिद्द गीतकार बुद्द्बीर लामा, गीतकार प्रजाभक्त जोशी, नियात्राकार सुशीला देउजा, साहित्यकार तारा सुवेदीलगायत खेलकुद र साहित्य क्षेत्रका अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।