५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीले मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध



अ+ अ-

मेलम्ची । लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु–मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ ।

ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि काठमाडाँैसम्म चल्ने सार्वजनिक यातायातका साधन तथा एम्बुलेन्स बाटोमै थन्किएका छन् । बाढीका कारण मेलम्ची नगरपालिका–११ सिमखेतमा सडकमा राखिएका दुई एस्काभेटर बाढीमा डुबेका छन् ।

यस्तै बाढीले मेलम्ची खानेपानी आयोजनाको सिन्धु अडिटमा समेत क्षति पु¥याएको छ । गए राति पहिरो जाँदा पाँचपोखरी थाङपाल गाउँपालिका–८ तिपेनीमा पनि सडक अवरुद्ध भएको छ । बजार क्षेत्रको १९ घर जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । अहिले उक्त ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार बाढीले पु¥याएको क्षतिका बारेमा एकिन हुन नसकेको बताउनुभयो । “निरन्तर वर्षा हुँदा बाढी आउने क्रम जारी छ”, उहाँले भन्नुभयो । हेलम्बु–५ मा पाँच घर, विद्यालय र सडक उच्च जोखिम छ । गए राति पहिराले भोटेचौर–काउले सडकसमेत अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।