५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा ९० प्रतिशत रोपाइँ



फाईल फोटो
अ+ अ-

भोजपुर । भोजपुरमा यस वर्ष ९० प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्ष यही समयमा ८९ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष समयमै वर्षा भएका कारण धान रोपाइँमा समयमै रोपाइँ भएको र हालसम्म जिल्लाभर ९० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी विश्वास अम्गाईंले बताउनुभयो । उहाँले भन्नुभयो, “भोजपुरमा हालसम्म ९० प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको छ । दुई बाली लाग्ने क्षेत्रमा अझै पनि रोपाइँ भइरहेको अवस्था छ । समयमा वर्षा भएकाले गत वर्षको तुलनामा अलि बढी क्षेत्रमा रोपाइँ भएको हो ।”

जिल्लाभर १८ हजार ९२ हेक्टरमा धानबाली हुने गरेकामा साउन २० सम्म १६ हजार दुईसय ८२ हेक्टरमा रोपाइँ सकिएको सूचना अधिकारी अम्गाईंले बताउनुभयो । जिल्लाको नौवटै स्थानीय तहको तल्लो भेगमा धानबाली हुने गरेको छ । पछिल्लो समय बसाइँसराइका कारण खेत बाँझै राख्ने गरिएको छ ।

समयमै मल नपाउँदा भने समस्या भएको कृषकले गुनासो गरेका छन् । स्थानीय जोखिमका किसान धनबहादुर थापाले मल नपाउँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले समयमा मल नदिँदा किसानलाई समस्या भएको छ । युरिया मल बाहिरी बजारबाट प्रतिबोरा रु दुई हजार ४०० मा ल्याउन बाध्य छौँ ।