• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन

आज देशभर वर्षाको सम्भावना



काठमाडौं । दुई दिनदेखि सुस्त रहेको मनसुनी प्रणाली थप सक्रिय हुदा आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार दिनभर पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको सूचनामा उल्लेख छ।

यता धनकुटा मुलघाटस्थित तमोर नदीमा बाढीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदीमा विहान ७ः३० बजेसम्म पानीको वहाव सात मिटर माथि पुगेको छ । महाशाखाले सप्तकोशी नदी चतरा, सुनकोसी, अरूण नदीमा पनि जलसतह बढ्दो रहेको जनाएको छ । चतरामा सतह सतर्कता आसपास पुग्न लागेको छ भने उदयपुर तर्फ थप कटान हुन सक्ने, उदयपुर, सुनसरी र सप्तरीका तटीय क्षेत्रमा खतरा हुनसक्ने भन्दै थप उच्च  सतर्कता अपनाउन अनुरोध गरेको छ ।