७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर

जर्मनीको उच्च अधिकारी बार्बरा सेफर नेपाल भ्रमणमा , बिभिन्न क्षेत्रमा सहयोग आदान प्रदान हुने

जर्मनीको उच्च अधिकारी बार्बरा सेफर नेपाल भ्रमणमा , बिभिन्न क्षेत्रमा सहयोग आदान प्रदान हुने
अ+ अ-

काठमाडौं ।जर्मनीको आर्थिक सहयोग तथा विकास मन्त्रालय (बि.एम.जेड) मा एसिया, दक्षिण एसियासँगको सहयोग सम्बन्धि नीतिगत मुद्दा विभागको प्रमुख बार्बरा सेफरले नेपालको तीन दिने भ्रमण गर्नुभएको छ ।

भ्रमणमा नेपाल र जर्मनीबीचको भविष्यमा हुने द्विपक्षीय विकाश सहयोग बारे छलफल भएको थियो। यसअघि जर्मनीका चान्सलर ओलाफ ओलाफ शुल्ज र प्रधानमन्त्री शेरबहादुर देउवाबीच पत्र आदानप्रदान गरी दुई देशबीचको दीर्घकालीन विकास सहयोगलाई निरन्तरता दिने सहमति भएको थियो ।

बार्बरा शेफरको नेतृत्वमा जर्मन दुतावास, जी.आइ.जेड. र के.एफ.डब्लु. का अधिकारीहरुले परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा अर्थ मन्त्रालयक उच्च अधिकारीहरुसँग छलफल गरेका थिए ।

उच्च सरकारी अधिकारीहरु संग भएको छलफलबारे बार्बरा शेफरले भन्नुभयो “यी तीन दिनले नेपाल र जर्मनीबीचको सम्बन्ध लामो र विश्वसनीय भएको पुनः स्थापित गरेको छ। जर्मनीको अनुदान सहयोगले नेपाललाई अन्य कुराहरुका साथै जलवायु सम्बन्धी महत्वाकांक्षी राष्ट्रिय निर्धारण योगदान ९एनडीसी० लाई सहयोग गर्नेछ र मध्यम आय भएको देश बन्ने बाटोमा सहजीकरण गर्नेछ ।” यसका साथै जर्मनी र नेपालले स्वास्थ्य, सामाजिक सुरक्षा, दिगो आर्थिक विकास र गरिबी निवारणका क्षेत्रलाई भावी सहयोगका लागि सम्भावित क्षेत्रका रूपमा हेर्न सहमत भएका छन् ।

यसैगरी कार्यवाहक राजदूत डा. स्टेफान रुसेकले भन्नु भयो, “कोविडको २ वर्षभन्दा बढी समयपछि जर्मन प्रतिनिधिमण्डलले अन्ततः नेपालका हाम्रा साझेदार मन्त्रालयहरूलाई व्यक्तिगत रूपमा भेट्न र हाम्रो सहयोगको भविष्यबारे छलफल गर्न पाएकोमा म खुसी छु। मलाई आशा छ कि यो हाम्रा दुई देशहरू बीचको सरकारी स्तरमा थप राजनीतिक आदानप्रदानको लागि सुरूवात बिन्दु हुनेछ।

नेपाल र जर्मनीबीच ६० वर्षभन्दा लामो समयदेखिको द्विपक्षीय सहयोग रहेको छ । जर्मन विकास सहयोगले दिगो विकास लक्ष्य हासिल गर्न नेपालको प्रयासलाई सहयोग गर्दै आएको छ ।

कोभिड-१९ पश्चात तत्काल चालिस लाख भन्दा बढी कोभिड खोप लगायत अरु स्वास्थ्य सामग्री सहयोग समेत प्रदान गरिएको थियो। सेप्टेम्बर २०२१ देखि, जर्मनीले नेपाल सरकार र १७ विकास साझेदारहरूले अनुमोदन गरेको ग्रिड(GRID) सम्बन्धी काठमाडौं घोषणापत्रमा हस्ताक्षर गरेअनुसार नेपालको हरित र समावेशी विकास (GRID) को लक्ष्यलाई सहयोग र समर्थन प्रदान गरेको छ।

नेपालमा जर्मन द्विपक्षीय प्राविधिक सहयोग Kreditanstalt für Wiederaufbau (KfW) मार्फत वित्तीय सहयोग तथा Deutsche Gesellschaft für Internationale Zusammenarbeit (जी.आइ.जेड.) र National Metrology Institute (PTB) मार्फत प्राविधिक सहयोग गर्दै आएको छ।

जर्मनीले युरोपेली संघ र यसका सदस्य राष्ट्रहरूसँग धेरै नजिकबाट काम गर्दछ र संयुक्त राष्ट्र संघ, विश्व बैंक वा एशियाली विकास बैंक जस्ता धेरै बहुपक्षीय संस्थाहरूको प्रमुख योगदानकर्ता वा सरोकारवाला समेत हो।