काठमाडौं । रक्षा मन्त्रालयले बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधान सेनापतिको नियुक्ति प्रदान गरेको छ ।
कायममुकायम प्रधान सेनापतिको रुपमा कार्यरत रहेका शर्मालाई बुधबार रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रधान सेनापतिको नियुक्ति पत्र प्रदान गर्नुभएको हो ।
शर्मालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रावण २६ गते नियुक्ति गर्नुभएको थियो ।
नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा शर्मालाई राष्ट्पति भण्डारीले भदौं २४ गतेदेखि लागु हुनेगरि प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो ।











