१३ भाद्र २०८३, शनिबार
,
Latest
राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तकोशीमा पानीको सतह घटे पछि विस्थापितहरु घर फर्कदै



file photo
अ+ अ-

त्रियुगाः सप्तकोशी नदीमा पानीको सतह घटेसँगै उदयपुरको बेलका क्षेत्रका स्थानीयबासी पुरानै स्थानमा फर्किन थालेको प्रहरीले जनाएको छ । कोशीको कटानले उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको सिसौली, श्रीलंका टापु जलमग्न हुँदा एक हजार ५०० भन्दा बढी स्थानीयबासी बिस्थापित भएका थिए ।

उनीहरुलाई प्रहरी र सेनाको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो । हाल बेलका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना गरी करिब ३०० जनशक्ति परिचालन गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

दुई दिनदेखि वर्षा कम भएसँगै सप्तकोशीमा पानीको सतह घटेको छ ।

पहाडी इलाकामा वर्षा रोकिएसँगै सप्तकोशीमा पानीको सतह घटेको छ । तर, अझै कटान भने जारी रहेकाले सप्तकोशीको कहर यथावतै छ । उदयपुरको बेलका नगरपालिका–१ डुम्रीबोटेबाट सप्तकोशी पुरानै धारमा बग्न सुरु गरेको छ । जसले बेलका नगरपालिकाको १, २, ३, ८ र ९ नम्बर वडाका विभिन्न स्थानको मानव वस्ती जोखिममा परेको छ ।

पुरानै धारमा कोशी फर्किएको खण्डमा बेलका नगरपालिकाको सोमबारे, डुम्रिबोट, मसानघाट, धौरीटप्पु, चिलिया, रामनगर आदि लगायतका वस्तीबाट सप्तकोशी बग्नेछ ।




भर्खरै