• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी ★   ‘मनाङको विकासमा ठेकेदारको लापरवाही’ ★   नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ ★   प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो ★   सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत ★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ

राजीनामा स्वीकृत नभएपछि एआईजी पोखरेलको अनिवार्य अवकास



काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले अनिवार्य अवकास पाएका छन् । उमेर हदका कारण उनले अनिवार्य अवकास पाएका हुन् । एआईजीको उमेर हद ५६ वर्ष रहेको छ ।

उनले वरियता मिचेर आईजीपी नियुक्ति भएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यसयता उनी प्रहरी प्रधान कार्यालयमा हाजिर भएका छैनन् । सर्वोच्च अदालतले उनले दायर गरेको रिट असार ३१ गते खारेज गरेको थियो ।

रिट खारेज भएलगत्तै पोखरेलले साउन २ गते प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए । यद्यपि प्रहरी महानिरीक्षक ९आईजीपी० धीरजप्रताप सिंहले उनको राजीनामा अघि बढाएका थिएनन् । मन्त्रिपरिषद्को बैठकले एआईजीको राजीनामा स्वीकृत गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । मन्त्रिपरिषद्मा गृह मन्त्रालयले राजीनामाको प्रस्ताव लानुपर्ने भए पनि आईजीपी सिंहले राजीनामा पत्र गृह मन्त्रालय पठाएका थिएनन् ।

पोखरेल अनिवार्य अवकास भएसँगै एआईजी पद खाली भएको छ ।