५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

बजेटको लक्ष पुरा गर्न बिभागिय प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

बजेटको लक्ष पुरा गर्न बिभागिय प्रमुखलाई अर्थमन्त्रीको निर्देशन
अ+ अ-

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय मातहतका निकायका प्रमुखहरुलाई आ–आफ्ना कार्यालयको क्षमता बृद्धि गरेर बजेटको लक्ष पुरा गर्न निर्देशन दिएका छन्।

बिहिबार मन्त्रालयमा आयोजित आर्थिक बर्ष २०७/७९को प्रगति समिक्षा एवं मन्त्रालयस्तरीय बिकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै बार्षिक लक्ष पुगेका निकायले अझै आजको आवश्यकता अनुसार आफुलाई थप क्षमतावान बनाउनु पर्ने र लक्ष नपुगेका कार्यालयले आफ्ना लक्ष पुर्याउन योग्य बनाउनु पर्ने बताउनु भयो।

अहिलेको कामगर्ने मुख्य औजार सफ्टवेर भएकाले उहाले कार्यालयहरुलाई अहिलेको आवश्यकता अनुसार झन्झटिलो कागजी प्रक्रियाहरुबाट मुक्त गर्दै आधुनिक सूचनाप्रविधिमा बिकास गर्न निर्देशन दिनुभयो। उहाँले अन्य मन्त्रालय र निकायलाइ बजेट कार्यन्वयन गर्न अर्थ मन्त्रालयले सहजकर्ताको भूमिका निर्बाह गर्नु पर्ने भन्दै कुनै पनि मन्त्रालय र निकायका कामलाई अर्थ मन्त्रालयले रोक्न नहुने बताउनु भयो।

सामान्यतया कुनै पनि फाइलहरु एकै दिनमा अगाडी बढाउन र कानून मन्त्रालयको राय लिनुपर्ने अवस्थामा पनि छिट्टै राय लिएर फाइल अगाडी बढाउन पनि उहाले निर्देशन दिनु भयो।

साना किसान बिकास बैंकले काठमाण्डौ उपत्यकाको तरकारीको खपतको आवश्यकता पुरा गर्ने गरि उत्पादन बढाउन किसानको खेतखेतमा पुग्न पनि निर्देशन दिनुभयो। कृषि बिकास बैंकले गाँउका किसानलाइ कर्जा दिन निर्देशन दिदै गाउका किसानले भाका नसार्ने भएकाले त्यसो गर्न निर्देशन दिनुभयो।