१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको कहरः नियमित खोप प्रभावित



अ+ अ-

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई नियमित लगाउनुपर्ने खोप प्रभावित भएको छ । स्वास्थ्यसेवा विभागले नियमित खोप सञ्चालन गरेपनि अभिभावकले कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई खोप केन्द्रसम्म नलैजाँदा खोप कार्यक्रम प्रभावित भएको हो । 

स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना महामारीका बेला खोप लगाउन छुटेका बालबालिकालाई नियमति खोप कार्यक्रममा सहभागी गराउन सम्बन्धीत सबै पक्षसंग आग्रह गर्नुभयो । 

स्वास्थ्य सेवा विभागको परिवार कल्याणअन्तर्गत खोप तथा बालस्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठले ७० प्रतिशत बालबालिकाले मात्र नियमित खोप लगाएको जानकारी दिनुभयो । उहाँले सबै मानिस कोभिड–१९ विरुद्धको खोपमा केन्द्रीत हुँदा खोप लगाउन छुटेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमणका समयमा हामीले नियमित खोप सञ्चालन गर्दा पनि अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाउन ल्याएनन् ।” उहाँका अनुसार सामन्य अवस्थामा पनि ९० प्रतिशत बालबालिकाले मात्र नियमित खोप लगाउने गरेका छन् । 

शाखाका जनस्वास्थ्य अधिकृत श्रेष्ठले खोपले बाल मृत्युदरबाट जोगाउनका लागि ठूलो भूमिका खेल्ने भएकाले बालबालिकालाई खोप लगाउन आग्रह गर्नुभयो । मन्त्रालयले कोरोना महामारीको समयमा सञ्चालन हुने नियमित खोप अभियानमा आफ्ना बालबालिकालाई खोप नछुटाउन सबैमा आग्रह गरेको छ । 

विभागले जन्मदेखि ५ वर्षसम्मका बालबालिकालाई विभिन्न सङ्क्रामक रोगविरुद्ध, बाल मृत्युदर कम गर्न र कुषोषणबाट बच्नका लागि विभिन्न १२ प्रकारका खोप लगाउँदै आएको छ । विसं २०३४ बाट बिसिजी, डिपिटीलगायत सुरु गरिएको खोपको नियमित अभियानअन्तर्गत अहिलेसम्म बालबालिकालाई विभिन्न १२ प्रकारका खोप दिँदै आइरहेको छ । विसं २०४५ मा बिसिजी र डिपिटी खोप सबै जिल्लामा लागू गरिएको थियो । विसं २०६० मा पुनः छ प्रकारका खोप होपाटाइटिस–बी, निमोनिया, जापानिज इन्सेफ्लाइटिसलगायतका दिन थालिएको हो । 

जन्मिने वित्तिकै बिसिजी खोप, छ हप्ताभित्रमा रोटा, पोलियो, एफआइपिभि, पिसिभि, डिपिटी, हेप बी–हिब, नौ महिनामा पिसिभि, दादुरा–रूबेला, १२ महिनामा जापानिज इन्सेफ्लाइटिस र १५ महिनामा दादुरा–रूबेला खोप लगाउने गरिन्छ ।

यस्तै जन्मेको एक महिनाभित्र सरकारले पेन्टाभ्यालेन्स ९बिसिजी, हेपाटाइसिट–बी, लहरेखोकी, भ्यागुते रोग र इन्फुन्जा ० रोग विरुद्धको खोप दिने गर्दछ । सन् २०१६ को राष्ट्रिय जनसाङ्ख्कि स्वास्थ्य तथ्याङक अनुसार एक वर्षमुनिका बाल मृत्युदर ३२ प्रतिशत र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३९ प्रतिशत रहेको छ ।