८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पूर्वमन्त्री आलेका पहलमा सिलगढीमा आउने भयो भेलछडाको पानी

पूर्वमन्त्री आलेका पहलमा सिलगढीमा आउने भयो भेलछडाको पानी
अ अ+ अ-

निर्वतमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका पहलमा राष्ट्रिय गौरवको आयोजना अन्तरगत पर्ने डोटीको भेलछडा–सिलगढी खानेपानी निर्माणको बाटो खुलेको छ ।

उक्त आयोजना निर्माणका लागि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले निकुञ्जमा समस्या हुँने भन्दै खानेपानी निर्माण कार्यमा असहमती जानाएपछि निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । तर निर्वतमानमन्त्री आलेले वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई उक्त खानेपानीका विषयमा निकुञ्जले गरेको असहमती अन्त गर्नका लागि आग्रह गर्नु भएपछि वन तथा वातावरण मन्त्रालयले आजै मन्त्रिस्तरिय निर्णय गरी खानेपानीका विषयमा निकुञ्जले गरेको असहमती अन्त भएको हो ।

कम्तिमा पनि रु ३० करोडको लागतमा बन्ने उक्त आयोजना १७ किलो मिटर लम्बाई रहेको र यहाँ एक हजार २०० धारा निर्माण हुने भएका छन् । उक्त आयोजना सुरु भएपछि यहाँका गैरागाउँ, सिलगढी, पाकरी, कलेना, धामीगाउँ, पुन्ना, लेकठाटा, बागठाँटा, नाचनथली लगायतका क्षेत्रका नागरिकहरु प्रतक्ष लाभान्वित हुने भएको स्थानीयवासी रामबहादुर धामीले बताउनुभयो ।

वन तथा वातावरणमन्त्री यादवले स्थानीय उपभोक्तालाई सहजरुपमा खानेपानी उपलब्ध गराउन, खानेपानीको व्यवसायिक प्रयोजन नगर्ने शर्तमा हाल स्वीकृत भएको डिपिआर संरचनामा थप गर्न नपाउने गरी विभागले तोकिदिएको उपयुक्त विधि अनुसार आयोजना सञ्चालन तथा मर्मत गर्ने मन्त्रिस्तरीय निर्णय गर्नु भएको छ ।

यसैगरी मन्त्री यादवले खप्तड राष्ट्रिय निकुञ्जको नियमावली, २०४४ को नियम ३४ बामेजिम उक्त खानेपानी आयोजनाको सहमती उपलब्ध गराउन समेत निर्णय गर्नु भएको छ । राष्ट्रिय निकुञ्जको असमतीका कारण वर्षौदेखि उक्त खानेपानी आयोजना निर्माण हुन सकेको थिएन । मन्त्री यादवले खानेपानी निर्माणका लागि अवरोध फुकुवा गरेसँगै अहिले डोटीका नागरिकहरु निकै खुशी भएका स्थानीयवासीहरु बताउछन् ।