८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

हुलाकी मार्गले जनतालाई निराश बनायो

हुलाकी मार्गले जनतालाई निराश बनायो
अ अ+ अ-

विराटनगर । ग्रामीण हुलाकी मार्ग निर्माणमा ढिलाइ हुँदा जनप्रतिनिधिले आक्रोश पोखेका छन् । नियम, कानुन र प्रक्रिया पूरा गरेर ठेक्कापट्टा लिएका निर्माण व्यवसायीले आफूले कबोल गरेको समयसिमाभित्र विकास निर्माणको काम नगर्दा जनप्रतिनिधि मात्र होइन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पनि आक्रोश व्यक्त गर्नुभएको छ ।

हुलाकी राजमार्ग निर्देशनालयको इटहरीस्थित योजना कार्यालयद्वारा विराटनगरमा आज आयोजित योजनाको प्रगति विवरण तथा समस्याको पहिचान विषय छलफलमा सहभागी वक्ताहरुले यस्तो आक्रोश व्यक्त गरेका हुन् । उक्त कार्यालयको मातहतमा सुनसरी, मोरङ, झापा र सप्तरी जिल्ला गरी कूल ३३५ किमी मिटर सडक बाटो निर्माण गर्नु पर्दछ । महेन्द्रराजमार्गदेखि हुलाकी राजमार्गसँग जोडिएको उत्तर दक्षिण बाटो १६८ किमी र झापादेखि सप्तरीसम्म पूर्व–पश्चिम १६७ किमी बाटो निर्माणका लागि उक्त कार्यालयले आव २०६६/६७ मा कूल रु १६ अर्बमा ठेक्का आह्वान गरेको थियो ।

चालु आर्थिक वर्षको कात्तिक महिनामा सबै काम सकिनुपर्ने भए पनि निर्माण व्यवसायीले अहिलेसम्ममा रु नौ अर्ब ५० करोड बराबरको काम सम्पन्न गरी अरु काम अधुरै राखेको कार्यालय प्रमुख विजयकुमार थापाले जानकारी दिनुभयो । उहाँले निर्माण व्यवसायीलाई पटक/पटक काम सम्पन्न गर्न निर्देशन दिए पनि विभिन्न बहानामा काम सम्पन्न नगरेकाले जनप्रतिनिधि र प्रशासकले आक्रोश पोख्नु स्वभाविकै हो भन्नुभयो ।

निर्माण व्यवसायीले अझ एक वर्ष समय थप्नुपर्ने माग गरिरहे पनि यसमा कार्यालयले केही गर्न नसक्ने तर विभागमा जानकारी गराउने उहाँले भन्नुभयो । उत्तर दक्षिणबाहेक झापामा ४८ किमी, मोरङमा ४४ किमी, सुनसरीमा २६ किमी र सप्तरीमा ४६ किमी बाटो अधुरै छ । बाटोसँगै पुल पनि निर्माण गर्नुपर्ने र यसका लागि ठेक्का पनि सोही समयमा भइसकेकाले अहिलेसम्ममा २४ वटा पुल बनिसकेको र २६ वटा पुल निर्माणाधीन अवस्थामा रहेको कार्यालयका इञ्जिनीयर प्रमोद खतिवडाले जानकारी दिनुभयो ।

कार्य क्षेत्रमा रहेका सबै बाटो र पुल बनाउन करिब २६ निर्माण व्यवसायीले ठेक्कामा लिएको उहाँले जानकारी गराउनुभयो । प्रमुख जिल्ला अधिकारी दाहालले समयसिमाभित्र निर्माण व्यवसायीले आ–आफ्ना मातहतका निर्माणका काम सम्पन्न गर्न निर्देशन दिनाका साथै कुनै समस्या भए समाधान गर्न पहल गरिने बताउनुभयो ।प्रदेशसभा सदस्य विजय विश्वासले काम गर्न नसक्ने निर्माण व्यवसायीले बाटो किन भत्काएको भन्दै अब निर्माणमा ढिलाइ भए जनताले पनि आवाज उठाउने छन् भन्नुभयो । मोरङको रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले कछुवा तालमा निर्माण गर्ने निर्माण व्यवसायीका कारण जनताले दुःख व्यहोरिरहेका छन् भन्दै काम गर्न नसक्नेले किन ठेक्कामा लिनु भनेर आक्रोश व्यक्त गर्नुभयो ।

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले कुनै पनि बहानामा काम रोक्न नहुने भन्दै कार्यक्षेत्रमा कुनै समस्या आए वा कसैले बाधा पु¥याए तुरुन्त जानकारी दिन आग्रह गर्नुभयो । निर्माण व्यवसायीहरु दीपक थिङ, दीपक गौतम र सरोज रायले अबको एक वर्षभित्रमा काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।