२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कल्याण गुरुङले कांग्रेस सभापतिमा उम्मेदवारी दिने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा का केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् । 

बुधबार पत्रकार सम्मेलन गर्दै उनले सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका हुन् ।

आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुने कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरे उनी दोस्रो नेता हुन् ।

सभापतिको उम्मेदवारी घोषणा गर्दै गुरुङले आफू युवाहरुको नेतृत्व गर्दै सभापतिको उम्मेदवार बन्ने बताए ।

यसअघि उपसभापति विमलेन्द्र निधिले पनि सम्पर्क कार्यालय स्थापना गर्दै सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका थिए ।