काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा का केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै उनले सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका हुन् ।
आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुने कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरे उनी दोस्रो नेता हुन् ।
सभापतिको उम्मेदवारी घोषणा गर्दै गुरुङले आफू युवाहरुको नेतृत्व गर्दै सभापतिको उम्मेदवार बन्ने बताए ।
यसअघि उपसभापति विमलेन्द्र निधिले पनि सम्पर्क कार्यालय स्थापना गर्दै सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका थिए ।