• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ



प्रतीकात्मक तस्बिर

झापा । लागुऔषध मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका-७ ठेगाना भएका २७ वर्षीया मनजिता सहनीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाको २०७५ माघ १६ गतेको फैसलाले लागुऔषध मुद्दामा २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढी उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।