१२ भाद्र २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित एक जना पक्राउ रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

झापा । लागुऔषध मुद्दाका फरार प्रतिवादी दमक नगरपालिका-७ ठेगाना भएका २७ वर्षीया मनजिता सहनीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाको २०७५ माघ १६ गतेको फैसलाले लागुऔषध मुद्दामा २ वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढी उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।