८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

‘जहाँ किशोरीलाई निःशुल्क प्याड दिइन्छ’

‘जहाँ किशोरीलाई निःशुल्क प्याड दिइन्छ’
अ अ+ अ-

पहिलेपहिले महिनावारी हुँदा फोहर र लगाउन नमिल्ने झुत्रो कपडाको जोहो गर्नुहुन्थ्यो वीरेन्द्रनगर १२ की मुना गौतमले । फोहर र लगाउन नमिल्ने कपडालाई सानो सानो टुक्रा बनाई महिनावारीको समयमा प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । ‘महिनावारी भएको बेला कुनामा फालेको टाला (कपडा) लगाउने गथ्र्यौँ’ गौतमले भन्नुभयो, ‘त्यो पनि घाम पर्ने ठाउँमा सुकाउन हुँदैन भनेर घाम नपर्ने र कसैले नदेख्ने ठाउँमा सुकाउनुपथ्र्यो । एक पटक धोएर राखेको र राम्रो सँग नसुकेको कपडा लगाउँथ्यौँ ।’

महिनावारीको समयमा पुराना कपडालाई प्याडको रुपमा प्रयोग गर्दै आउनुभएकी मुना आजभोलि नियमित रुपमा सेनेटरी प्याड प्रयोग गर्न थाल्नुभएको छ । ‘‘स्वास्थ्य चौकीबाट प्रत्येक महिना प्याड लैजाने गरेकी छु’’ मुनाले भन्नुभयो, ‘‘प्याड प्रयोग गर्न थालेपछि यही सजिलो लाग्ने रहेछ ।’’

महिनावारीको समयमा सफा कपडा प्रयोग गर्नुपर्छ भन्ने विषयमा उहाँलाई जानकारी थिएन । त्यतिमात्र होइन, महिनावारीका विषयमा खुलेर बाहिर कुराकानी गर्न सक्नु हुन्थेन । महिनावारीलाई धार्मिक रुपमा मात्र बुझ्दै आउनुभएकी उहाँले अहिले सरसफाईका रुपमा पनि बुझ्न थाल्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘‘यस्तो बेलामा सरसफाईमा ध्यान दिनुपर्ने रहेछ । छोरीहरूलाई पनि बारम्बार यस्तै भन्ने गरेकी छु ।’’

मुना जस्तै वीरेन्द्रनगरका महिलाले भने पछिल्लो समय महिनावारीका समयमा प्रयोग गर्दै आएका झुत्रा र फोहोर कपडा त्यागेर सेनेटरी प्याड प्रयोग गर्न थालेका छन् । सोही गाउँकी तुलसी खत्री घर नजिकै रहेको स्वास्थ्यचौकीबाट नियमित रुपमा सेनेटरी प्याड लैजाने गर्नुभएको छ । कोरोना महामारीका कारण भएको बन्दाबन्दीका समयमा पनि स्वास्थ्य चौकीले महिलालाई प्याड वितरण गरेको थियो । ‘‘पहिला पुराना कपडालाई प्याडको रुपमा लगाउने गर्थे । पोहोर सालबाट स्वास्थ्यचौकीमा आएर प्याड लैजान थालेकी छु’’, तुलसीले भन्नुभयो ।

उहाँलाई महिनावारीको बेलामा सफा प्याड प्रयोग गर्नुपर्छ भन्ने विषयमा जानकारी भएपनि महिनापिच्छे प्याड किन्नलाई पैसा हुँदैनथ्यो । ‘बुबासँग प्याड किन्छु पैसा दिनुहोस् भन्न पनि नसकिने र पढ्ने विद्यार्थी भएकाले आफूसँग पैसा पनि नहुने’, उहाँले भन्नुभयो, ‘‘हरेक महिना स्वास्थ्य संस्थामा आएर प्याड लैजाने गरेकी छु ।’’

बन्दाबन्दीका बेलामा पनि स्वास्थ्यचौकीबाट निःशुल्क प्याड पाएकामा खुशी व्यक्त गर्नुहुन्छ वीरेन्द्रनगरकी पवित्रा चौलागाई । ‘‘पहिले पुरानै कपडालाई प्रयोग गर्दै आएका थियौँ’’ उहाँले भन्नुभयो । गत वर्षदेखि वीरेन्द्रनगर नगरपालिकाले निःशुल्क सेनेटरी प्याड वितरण गरेपछि महिला र किशोरी खुशी भएका छन् ।

प्याड लिन आउने महिलाहरू नियमित रुपमा आफ्नो स्वास्थ्य जाँच गराउँदा उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव परेको अहेब जमुना भण्डारी बताउनुभयो । नगरपालिकाले निःशुल्क प्याड वितरण कार्यक्रमले महिलामा महिनावारीको सचेतनाका साथै स्वास्थ्यप्रति सजगता अपनाउन थालेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘‘स्वास्थ्यचौकीमा आएको बेलामा आफ्ना प्रजनन् स्वास्थ्यका विषयमा पनि जानकारी लिने गरेका छन् ।’’

यता वीरेन्द्रनगर–१२ का वडाध्यक्ष चुडामणि चपाईले प्याड वितरणले महिनावारी स्वच्छतामा सकारात्मक प्रभाव पारेको बताउनुभयो । निःशुल्क प्याड वितरणको कार्यक्रमले सरसफाईमा ध्यान दिनुपर्छ भन्ने चेतनाको विकास गराएको उहाँको भनाइ छ ।

महिनावारी स्वच्छता कार्यक्रमलाई प्रभावकारी बनाउन निःशुल्क रुपमा प्याड वितरण गर्दै आएको नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताउनुभयो । प्याड वितरणसँगै महिनावारी स्वच्छताका विषयमा सचेतना गराउने उद्देश्यले कार्यक्रम सुरुवात गरिएको उहाँको भनाइ छ । ‘‘महिनावारीको विषयमा जोडिएको नकारात्मक धारणा हटाउनुका साथै स्वच्छ महिनावारी हुनुपर्छ भन्ने सचेतना गराउनु कार्यक्रमको उद्देश्य हो’’ ढकाल भन्नुहुन्छ, ‘‘प्रायः महिला स्वास्थ्य जाँचका लागि स्वास्थ्यचौकी जाने प्रचलन छैन । त्यसैले स्वास्थ्यचौकीमार्फत प्याड वितरण गर्दा उनीहरू स्वास्थ्यचौकीमा जाने र स्वास्थ्य जाँच गराउन सक्छन् भनेर यो कार्यक्रम ल्याएका हौँ ।’’

अब हरेक माध्यामिक विद्यालयमा किशोरी समूह गठन गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने नगरपालिकाको योजना छ । नगरका सबै विद्यालयमा प्याड उत्पादन गर्ने मेसिनको व्यवस्था गर्ने तयारी भएको छ । ‘‘मेसिनको व्यवस्था भएमा किशोरीहरू महिनावारीको बेलामा प्याडको लागि आफैँले निकाल्न सक्छन्’’ नगर प्रमुख ढकालले भन्नुभयो ।

नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम र बजेटबाट निःशुल्क प्याड उपलब्ध गराउँदै आएको छ । अहिले वीरेन्द्रनगर नगरपालिकाका १६ वडामा रहेका स्वास्थ्य संस्थाबाट प्याड उपलब्ध गराइँदै आएको छ । यसका लागि नगरपालिकाले रु २० लाख विनियोजन गरेको छ ।

सुत्केरी अवस्थाका महिलालाई पनि यसले मद्दत पु¥याउने उपप्रमुख ढकालको भनाइ छ । महिनावारी स्वाच्छताका विषयमा नगरका स्वास्थ्य स्वयंसेविकाहरूले सचेतना गराउनुका साथै प्याड प्रयोगको विषयमा पनि जानकारी दिएका छन् । वीरेन्द्रनगर नगरपालिकाले हाल १८ वटा स्वास्थ्य संस्थाबाट सेनेटरी प्याड वितरण गर्ने गरेको छ । नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार हालसम्म १७ हजार बढी महिलाले उक्त सेवा लिएका छन् ।

वीरेन्द्रनगरस्थित नगर अस्पतालमा कार्यरत नर्सिङ इन्चार्ज सीता आचार्यले प्याड वितरणपछि महिनावारीको समयमा सरसफाईमा ध्यान दिनुपर्ने कुराको विकास भएको बताउनुहुन्छ । स्वास्थ्य संस्थाबाट प्याड वितरण गर्न थालेपछि महिलालाई सहज भएको उहाँको भनाई छ । ‘‘महिनावारीका बेलामा सबैभन्दा बढी फोहोर भएका कपडा लगाउँला सङ्क्रमण भई पाठेघर क्यान्सरसम्म हुने गरेको थियो’’ उहाँले भन्नुभयो, ‘‘यो समस्या कम हुँदै गएको देखिएको छ ।’’

महिनावारी स्च्छताको अभियन्तासमेत रहेकी शर्माले पछिल्लो समय महिनावारीलाई धार्मिक मात्र नभई सरसफाईका हिसाबले पनि लिने गरेको बताउनुभयो । महिनावारीको समयमा घरबाहिर अलैग्गै बस्ने चलन हटेर घरभित्र रहन थालेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘‘विस्तारै मानिसमा यस्ता कुप्रथा हट्दै गएको छ ।’’

पछिल्लो समय वीरेन्द्रनगरका केही वडाहरुमा महिला समूहले प्याड निर्माण गर्न समेत थालेका छन् । उन्नाइस जना महिला समूहमा बसेर प्याड बनाउन थालका छन् । सुतीको कपडाबाट उनीहरुले प्याड बनाएका छन् । गत वर्ष वडा कार्यालय र नगरपालिकाले उनीहरुलाई प्याड बनाउने तालिम प्रदान गरेपछि समूह गठन गरेर प्याड बनाउन थालेका हुन् । उनीहरुले महिला उद्यमशील उद्योग निर्माण गरी धमाधम प्याड बनाउने गरेका छन् ।

त्यति मात्र होइन आफुले तालिम सिकेर अन्य महिला समूहमा पनि तालिम दिएको महिला उद्यमशील संस्थाका सदस्य विष्णुकुमारी हमालले बताउनुभयो । ‘‘हामीलाई अहिले विद्यालय र अन्य संस्थाहरुले पनि तालिम दिनलाई बोलाउनु हुन्छ त्यहाँ गएर पनि हामीले तालिम सिकायौँ’’ हमालले भन्नुभयो, ‘‘वीरेन्द्रनगरका ठूला संस्था र नगरका १६ वटै वडाका विद्यालयमा गएर पनि हामीले तालिम सिकायौँ ।’’

तालिमपछि घरमै भएका कपडालाई मिलाएर पनि कतिपयले प्याड बनाउन थालेका छन् । उनीहरुले बनाएको प्याड एकपटक प्रयोग गरिसकेपछि सफा गरेर पुनः प्रयोग गर्न मिल्ने खालको छ । ‘‘महिनावारी हुँदा हुने छुवाछुत र भेदभाव पनि महिला हिंसा हो है भनेर हामीले महिनावारी स्वच्छताको विषयमा सचेतनाका कार्यक्रम गर्न थाल्यौ’’, हमाल भन्नुहुन्छ । रासस