• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

भदौदेखि एमडी एमएस कक्षा सञ्चालन गर्ने मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको तयारी



जनकपुर । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी एक महिनाभित्रै एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालको स्वामित्व हस्तान्तरण भएसँगै प्रतिष्ठानलाई एमडी एमएस कक्षा सञ्चालनको बाटो खुलेको हो । अबको एक महिनाभित्रै एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी भइरहेको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले जानकारी दिनुभयो ।

“हामी भदौदेखि एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारीमा छौँ”, उपकुलपति साहले भन्नुभयो, “लगभग सबै तयारी भइसकेको छ, नयाँ सत्र सञ्चालनसँगै एमडी एमएसको भर्ना खुला गर्छाँै ।” प्रतिष्ठानसँग आफ्नो स्वामित्वको अस्पताल नहुँदा एमडी एमएस कक्षा सञ्चालनमा कठिनाइ भएको थियो । उहाँले भन्नुभयो, “तर प्रदेश सरकारले प्रादेशिक अस्पतालको स्वामित्व प्रतिष्ठानलाई हस्तान्तरण गरेपछि एमडी एमएस कक्षा सञ्चालन गर्न सहज भएको छ ।”

स्थापना भएको करिब दुई वर्षकै अवधिमा बिएसी नर्सिङ, बिपीएच, बिएमएलटी र बिएनएस कक्षा सञ्चालन गर्न सफल प्रतिष्ठानले एमडी एमएस कक्षा सञ्चालनको तयारी गरेको हो ।

मेडिसिन, सर्जरी, गाइनोलोजिष्ट, पेडियाट्रिक्स, अर्थोपेडिक्स र रेडियोलोजिष्ट गरी छ विषयमा एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी गरेको प्रतिष्ठानका उपकुलपति प्रा डा साहले बताउनुभयो । विसं २०७७ कात्तिकमा गठन भएको प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगबाट मान्यताप्राप्त गरी विसं २०७८ मङ्सिर महिनादेखि शिक्षण प्रशिक्षणको चारवटा कोर्ष सञ्चालन गर्दै आएको छ ।

प्रतिष्ठानले सञ्चालन गरेको स्वास्थ्यसम्बन्धी शिक्षण प्रशिक्षण कोर्षअन्तर्गत बिएन एस सङ्कायमा १६, बिएसी नर्सिङ, बिपीएच र बिएमएलटीमा एक–एक जना विद्यार्थी अध्ययनरत रहेको प्रतिष्ठानले जनाएको छ ।