८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

भदौदेखि एमडी एमएस कक्षा सञ्चालन गर्ने मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको तयारी

भदौदेखि एमडी एमएस कक्षा सञ्चालन गर्ने मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको तयारी
अ+ अ-

जनकपुर । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी एक महिनाभित्रै एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालको स्वामित्व हस्तान्तरण भएसँगै प्रतिष्ठानलाई एमडी एमएस कक्षा सञ्चालनको बाटो खुलेको हो । अबको एक महिनाभित्रै एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी भइरहेको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले जानकारी दिनुभयो ।

“हामी भदौदेखि एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारीमा छौँ”, उपकुलपति साहले भन्नुभयो, “लगभग सबै तयारी भइसकेको छ, नयाँ सत्र सञ्चालनसँगै एमडी एमएसको भर्ना खुला गर्छाँै ।” प्रतिष्ठानसँग आफ्नो स्वामित्वको अस्पताल नहुँदा एमडी एमएस कक्षा सञ्चालनमा कठिनाइ भएको थियो । उहाँले भन्नुभयो, “तर प्रदेश सरकारले प्रादेशिक अस्पतालको स्वामित्व प्रतिष्ठानलाई हस्तान्तरण गरेपछि एमडी एमएस कक्षा सञ्चालन गर्न सहज भएको छ ।”

स्थापना भएको करिब दुई वर्षकै अवधिमा बिएसी नर्सिङ, बिपीएच, बिएमएलटी र बिएनएस कक्षा सञ्चालन गर्न सफल प्रतिष्ठानले एमडी एमएस कक्षा सञ्चालनको तयारी गरेको हो ।

मेडिसिन, सर्जरी, गाइनोलोजिष्ट, पेडियाट्रिक्स, अर्थोपेडिक्स र रेडियोलोजिष्ट गरी छ विषयमा एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी गरेको प्रतिष्ठानका उपकुलपति प्रा डा साहले बताउनुभयो । विसं २०७७ कात्तिकमा गठन भएको प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगबाट मान्यताप्राप्त गरी विसं २०७८ मङ्सिर महिनादेखि शिक्षण प्रशिक्षणको चारवटा कोर्ष सञ्चालन गर्दै आएको छ ।

प्रतिष्ठानले सञ्चालन गरेको स्वास्थ्यसम्बन्धी शिक्षण प्रशिक्षण कोर्षअन्तर्गत बिएन एस सङ्कायमा १६, बिएसी नर्सिङ, बिपीएच र बिएमएलटीमा एक–एक जना विद्यार्थी अध्ययनरत रहेको प्रतिष्ठानले जनाएको छ ।