११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’

निषेध आदेशको मोडालिटी परिवर्तन

निषेध आदेशको मोडालिटी परिवर्तन
अ अ+ अ-

काठमाडौं । गत वैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञाको स्वरुपमा परिवर्तन भएको छ । बुधवार काठमाडौं उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर) तीन जिल्ला प्रमुखहरुको बैठकले वैशाख १६ गतेदेखि जारी निषेध आदेशको  स्वरुपमा परिवर्तन गरेको हो । बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेध शब्द हटाएर जारी आदेश मात्रै बनाइएको र यो आदेश भदौ १७ गतेदेखि भाद्र मसान्तसम्म जारी रहने बताउनुभयो ।

उहाँले बुधवार जारी आदेशले स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सबै किसिमका व्यापार, व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार अब काठमाडौं उपत्यकामा भौतिक उपस्थितीमा विद्यालय सञ्चालनको हकमा १८ वर्ष भन्दा मुनिका बालबालिकाहरुले भ्याक्सीन नलगाएकोले अझै केही समय रोक्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले भौतिक उपस्थितीमा विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई दिइएकोले कोभिड जिल्ला शंकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सक्ने पनि बताउनुभयो । उहाँले चाडपर्वहरु भौतिक उपस्थितीमा नमनाउन आग्रह गरेको छ । मनाउने भए सांकेतिक रुपमा मात्र मनाउन पनि आदेश जारी गरिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले भन्नुभयो, ‘गत वैशाख १६ गतेदेखि जारी हुँदै आएको निषेध आदेशलाई हामीले अलिकति मोडालिटी परिवर्तन गरेका छौँ, यो निषेध शब्द हटाएर जारी आदेश मात्रै उल्लेख गरिएको छ, यसमा स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी सबै किसिमका व्यपार, व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ, विद्यालय सञ्चालनको हकमा हामीले अब १८ वर्ष भन्दा मुनिका बालबालिकाहरुले, विद्यार्थीहरुले भ्याक्सिन नलाएको अवस्थामा यसलाई अझै केही समय हेर्नुपर्छ भनेर भौतिक उपस्थितीलाई हामीले जोड दिएका छैनौँ, अहिले विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ, स्थानीय तहले कोभिड जिल्ला शंकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सक्ने भन्ने अधिकार उहाँहरुलाई प्रत्यायोजन गरेको छ, भीडभाड जन्य गतविधिहरु नगर्ने, चाडपर्वहरु सांकेतिक रुपमा मात्रै मनाउने यो एएटा सूचनामुलक सन्देश, आदेश हामीले जारी गरेका छौँ, यसमा सबै व्यक्तिहरु सचेत भएर संक्रमण दर बढ्न दिनुभएन, अहिलेको अलिकति सहज परिस्थिती छ, यही परिस्थितीलाई कायम राख्न म सम्पूर्ण महानुभावहरुमा अनुरोध गर्दछु ।’

प्रमुख जिल्ला अधिकारी पराजुलीले व्यापार व्यवसाय गर्न पाउने भन्दैमा स्वास्थ्यका मापदण्ड पालना गर्न छोड्नु नहुने बताउनुभयो । उहाँले उपत्यकामा स्वास्थ्य मापदण्डको पालना भए÷नभएको बारे प्रशासनले नियमित र आकस्मिक अनुगमन गरिरहने पनि बताउनुभयो । अनावश्यक रुपमा मानिसहरु जम्मा भएर भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा, महोत्सव र भोज आदि कार्य गर्न नपाउने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।